logo
शनिबार, साउन ३० २०८३

“झापा बारको पद हस्तान्तरण कार्यक्रम सम्पन्न”


  • कुइनेटो न्युज
  • शुक्रबार, फाल्गुन २ २०८१

चन्द्रगडी ।झापा बारका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शुक्रबार देखी पदभार सम्हालेका छन।

झापा बारको कार्यालयमा आयोजित पद हस्तान्तरण कार्यक्रममा निवर्तमान कार्यसमितिले नवनिर्वाचित समितिलाई पद हस्तान्तरण गरेका हुन।

कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिवक्ता हरि अधिकारी र प्रमूख अतिथिले नव निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र प्रदान गरेका थिए।

पद हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष अधिवक्ता नारायण प्रसाद भट्टराईले आफ्नो २ बर्षे कार्यकालमा गरेका महत्वपूर्ण कामका बारेमा जानकारी गराउदै नया अध्यक्ष अधिवक्ता बसन्त नेपाललाई आफ्नो कार्यकालमा भन्दा अझ उत्कृष्ट काम गर्न शुभकामना दिए।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता सुरज खत्रीले नव निर्वाचित झापा बार एशोसियसनले अदालत र बार बीचमा सुमधुर सम्बन्ध कायम राख्न जिम्मेवार ढङ्गले प्रस्तुत हुनुपर्ने सुझाए।

नवनिर्वाचित पदाधिकारीले न्याय सम्पादनलाई छिटो छरितो बनाउन र पेशागत हक हितमा काम गर्ने प्रतिवद्धता जाहेर गरे।

नवनिर्वाचित झापा बार ईकाई सहसचिव एवं महिला बिभाग अध्यक्ष अधिवक्ता सानु कार्की (बस्नेत) “सिता” ले कानून ब्यबसायीले पक्षको तर्फबाट बहस पैरवी मात्र गर्ने होईनकी निष्पक्ष र स्वच्छ न्याय सम्पादनका लागी पहरेदारको भूमिका खेल्नुपर्ने भन्दै नया समितिले देखिने गरी कार्य सम्पादन गर्ने र महिला हिंसा गर्ने जो कसैलाई पनि कानुनी दायरामा ल्याउन पहल गर्ने भनी बताउनु भयो।


निर्वाचन समितिका संयोजक हरि प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा बरिष्ठ अधिवक्ताहरू दामोदर सापकोटा, कुलप्रसाद दाहाल, टंकप्रसाद उप्रेती, गजेन्द्र प्रसाद आचार्य र अधिवक्ताहरु अशोककुमार पोखरेल, उत्तम पौडेल र टंकप्रसाद दंगाल समेतले नया कार्य समितिलाई शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।

अधिवक्ता कमला आचार्य उप्रेतीले स्वागत गरेको उक्त कार्यक्रमको संचालन निर्वाचन समितिका सदस्य अधिवक्ता बिमल संग्रौलाले गरेका थिए। नवनिर्वाचित झापा बार एकाई समितिको मिति २०८१ माघ १९ गते सम्पन्न निर्वाचनबाट अध्यक्ष पदमा अधिवक्ता बसन्त नेपाल, उपाध्यक्ष अधिवक्ता चित्र बहादुर मगर
सचिव अधिवक्ता दीपेन्द्र भट्टराई
सहसचिव अधिवक्ता सानु कार्की (बस्नेत) “सिता”
कोषाध्यक्ष अधिवक्ता विजय ढुङ्गाना,
सदस्यहरुमा अधिवक्ताहरु नारायणप्रसाद पौडेल, हेमकला कट्टेल, शान्ता पाठक, डम्बर गिरी, तारामणी सापकोटा, तारादेवी बारकोटी, नरेश खाती, भुपालमान भट्टराई निर्वाचित हुनू भएको थियो भने
केन्द्रीय पार्षदमा अधिवक्ताहरू क्रमशः नरेन्द्र ढकाल, लक्ष्मीप्रसाद सिवाकोटी, बेनुप्रसाद सिटौला, पवन कार्की, लेखनाथ निरौला, यज्ञप्रसाद अधिकारी, दिर्घसिह पौडेल निर्वाचित हुनु भएको थियो।

स्वतन्त्र र सक्षम न्यायपालिकाको लागी सहयोगी र जिम्मेवारपूर्ण भुमिका खेलेको झापा बारमा हाल करिब २०० जना कानून ब्यबसायी आबद्ध छन भने कानून ब्यबसायीहरूले आफ्नो कानून व्यवसायीको मर्यादालाई उच्च राख्न र सेवामूखी कार्य गर्न आफ्नो सेवालाई निशुल्क कानुनी सेवाका रुपमा समेत बिस्तार गर्दै लागेका छन। त्यसैगरी कानून ब्यबसायीले समाजमा कानूनी शिक्षा र साक्षरता दिन एवं न्यायमा पहुँच अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउदै आएका छन।
नेपाल कानून ब्यबसायी परिषदको रेकर्ड अनुसार नेपालमा २१,५४० जना कानून ब्यबसायी रहेकामा महिला कानून ब्यबसायी ४,२०० जना रहेका छन। कानून ब्यबसायीको छाता संगठनको रुपमा रहेको नेपाल बार एसोसिएसनको निर्वाचन यही चैत्र २३ गते हुँदैछ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend