झापा / झापा जिल्ला अदालतबाट माननीय प्रमुख न्यायाधीश श्री उमेशप्रसाद लुईटेलको प्रमूख आथित्यतामा गौरीगञ्ज गाउपालिकामा समुदायमा अदालत (Judical Outreach) कार्यक्रम आज सम्पन्न भएकाे छ ।
न्यायिक प्रक्रियामा नागरिकको पहुँच अभिवृद्धिका लागी झापा जिल्ला अदालतबाट “समुदायमा अदालत” Judical Outreach कार्यक्रम संचालन गरिएको हो।
न्यायमा पहुँच बढाउन झापाको गौरीगन्ज गाउँपालिकामा कार्यक्रम गरेको हो।
झापा जिल्ला अदालतका माननीय प्रमुख न्यायाधीश उमेशप्रसाद लुईटेलले अदालतले प्रवाह गर्ने सेवा, सेवा प्रवाहको प्रक्रिया, निःशुल्क कानूनी सहायता, एस एम एस सेवा, अनलाइन तारेख र बहस, अदालतबाट १ घण्टाभित्र प्रवाह हुने सेवा, मुस्कान सहितको सेवा प्रवाह, मेलमिलाप प्रक्रिया, फरक मुद्दा ब्यबस्थापन प्रक्रिया(DCM), स्वचालित पेशी प्रणाली, गोला प्रथाबाट पेसी छनौट, Meet The Judge कार्यक्रम आदी बारेमा प्रस्तुती सहितको धारणा राख्नु भएको थियो।
अदालतबाट समुदायले गरेको अपेक्षा बुझ्न र अदालत प्रतिको भ्रम निवारण गरी अदालत प्रति जनविश्वास अभिवृद्धि गर्ने लक्ष्यका साथ “समुदायमा अदालत” कार्यक्रम गरिएको भनि झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश लुईटेलले बताउनु भयो।
समुदायमा अदालत कार्यक्रममा गौरीगन्ज गा पा अध्यक्ष फूलवती राजबंशी, उपाध्यक्ष पुजन न्यौपाने कुबरले मन्तव्य राखी शुरु भएको कार्यक्रममा गौरीगन्ज गा पा बिभिन्न वडाका वडा अध्यक्ष र जनप्रतिनिधि, मेलमिलाप कर्ता लगायतका ४० जना भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको थियो।
अदालतसंगको समुदायको दोहोरो सम्वाद कार्यक्रमले अदालत प्रतिको भ्रम हटाउन भुमिका खेलेको भनि गा पा उपाध्यक्ष पूजन न्यौपाने कुवरले बताउनु भयो।
गौरीगन्ज गा पा उपाध्यक्ष तथा न्यायीक समिति संयोजक पुजन न्यौपाने कुवरको अध्यक्षतामा भएको कार्यक्रमको संचालन झापा जिल्ला अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले गर्नूभएको थियो।

न्यायपालिकाका बिषयमा समस्या र गुनासा न्यायाधीश आफैले सूनी सो को सम्वोधन गर्न र न्यायमा पहुँच बढाउने लक्ष्यका साथ आयोजना गरिएको कार्यक्रममा सहभागीहरूका अदालत प्रतिको जिज्ञासा र गुनासा सुनी अन्तर संवाद समेत गरिएको थियो।
अदालतबाट सम्पादन हुने न्यायीक कामकारवाही र प्रक्रियाबारे जनसमुदायलाई बुझाउने अदालतको रणनीतिक योजना रहेको छ।
२०६१ सालदेखि शुरू भएको रणनीतिक योजना हाल २०८१-०८२ देखी पाचौ रणनीतिक योजना कार्यान्वयनमा छ।
झापा अदालतको सेवाप्रवाह प्रकियाका बारे जानकारी लिनुपरेमा वेवसाइट https://supremecourt.gov.np/court/jhapadc मा राखिएको सम्पर्क नम्सुवर तथा सुचना अधिकारीलाई सिधा सम्पर्क राख्न सकिने भनि अदालत प्रशासनले जनाएको छ।