logo
शुक्रबार, साउन २९ २०८३

सलकपूरमा कानूनी परामर्श तालिम सम्पन


  • कुइनेटो न्युज
  • बिहिबार, माघ १७ २०८१

सलकपुर । ईलाम जिल्लाको रोङ गाउपालिका वडा नं ६ सलकपुरमा वडाका सहकारी संस्थाका सदस्य, स्थानिय महिला एवं मेलमिलापकर्ताका लागि लैङ्गिक हिंसा र सहकारी सम्बन्धी कानूनी परामर्श सम्बन्धी तालिम सम्पन्न भएको छ।

सहयोगी संस्था कारितास नेपालको आयोजनामा मिति २०८१ माघ १६ र १७ गते सञ्चालित २ दिवसीय तालिममा अधिवक्ता सानु कार्की बस्नेत “सिता” ले प्रमुख प्रशिक्षक एवं सहजकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो।


लैङ्गिक हिंसा र कानुनी उपचार एवं सहकारी संस्थाको बर्तमानमा दैखिएका समस्या र समाधानको उपाय सम्बन्धमा प्रशिक्षण भएको प्रशिक्षक सानु कार्की बस्नेत “सिता” ले बताउनु भयो।

प्रशिक्षण तालिममा रोङ गापा वडा नं ६ सलकपुर इलामका सहकारी महिला सदस्य लगायत वडाका महिला समाजसेवी सहित २५ जनाको सहभागीता रहेको थियो। कारितास नेपालले बिगत १० बर्ष देखी इलाम र झापा जिल्लालाई कार्य कार्यक्षेत्र बनाई काम गर्दै आएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend