logo
शुक्रबार, साउन २९ २०८३

कमल,शिवसताक्षी र कचनकवल अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश


  • उमानाथ भण्डारी
  • बुधबार, माघ १६ २०८१

कमल । कमल गाउँपालिका,शिवसताक्षी नगरपालिका र कचनकवल गाउँपालिका झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामाको सेमिफाईनलमा प्रवेश गरेको छन् ।

कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा सञ्चालित अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामा आज सम्पन्न पहिलो खेलमा बिर्तामोड नगरपालिकालाई १ का विरुद्ध ३ गोल गर्दै शिवसताक्षी नगरपालिका सेमिफाईनलमा प्रवेश गरेको छ ।


त्यस्तै आजै सम्पन्न दोश्रो खेलमा दमक नगरपालिकालाई १ का विरुद्ध २ गोल गर्दै कमल गाउँपालिका समेत सेमिफाईनलमा प्रवेश गरेको छ भने तेश्रो खेलमा कनकाई नगरपालिकालाई शुन्यका विरुद्ध २ गोल गर्दै कचनकवल गाउँपालिका सेमिफाईनलमा प्रवेश हो ।

भोली विहविार अर्जुनधारा नगरपालिका र शिवसताक्षी नगरपालिका तथा कमल गाउँपािलका र  कचनकवल गाउँ पालिका बिच  सेमिफाईनलका खेल हुने प्रतियोगिता आयोजक संमितिका संयोजक सूर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend