logo
शुक्रबार, साउन २९ २०८३

सहिद दिवसमा कोशी प्रदेश सरकारद्वारा श्रद्धाञ्जली, समृद्धि र विकासको संकल्प


  • कुइनेटो न्युज
  • बुधबार, माघ १६ २०८१

सहिद दिवसमा कोशी प्रदेश सरकारद्वारा श्रद्धाञ्जली, समृद्धि र विकासको संकल्प

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एकता, सम्बाद र सहकार्यबाट नै प्राप्त उपलब्धिलाई सस्थांगत गर्न सकिने बताउनु भएको छ । आज सहिद दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु हुँदै सहिदहरूको बलिदानले प्राप्त उपलब्धिलाई संस्थागत गर्न सबै पक्षले हातेमालो गर्नु पर्नेमा जोड दिनु भयो । सहिदहरुलाई चिरस्मरणीय बनाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले सबै आन्दोलनमा सहिद प्रती श्रद्धासुमन अर्पण गर्नु भयो ।

मुख्यमन्त्री कार्कीले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको बलिदान स्मरण गर्दै भन्नुभयो, “उहाँहरूले देखाएको मार्गमा हिँड्दै प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्छ। समृद्ध, स्वतन्त्र र न्यायपूर्ण समाज निर्माण नै सहिदहरूप्रति सच्चा सम्मान हुनेछ।”

सन्देशमा सहिदहरूको योगदानको स्मरण गर्दै “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न सबै क्षेत्रको सहभागिता आवश्यक रहेको उल्लेख गरिएको छ। “सुशासन, विकास र समृद्धि नै आजको आवश्यकता हो। प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै सहिदका सपना साकार पार्न प्रदेश सरकार दृढ प्रतिबद्ध छ,” सन्देशमा भनिएको छ।
मुख्यमन्त्री कार्कीले सहिदहरूप्रति सम्मान प्रकट गर्दै एकता, सद्भाव, संवाद र सहकार्यबाट मात्र राष्ट्रलाई समृद्ध बनाउने लक्ष्य हासिल गर्न सकिने उल्लेख गरे।

सहिद दिवसको अवसरमा प्रदेशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend