logo
शुक्रबार, साउन २९ २०८३

कनकाई नगरपालिका अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश


  • कुइनेटो न्युज
  • सोमबार, माघ १४ २०८१

कमल । झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामा आज सम्पन्न खेलमा कनकाई नगरपालिका विजयी भएको छ ।

कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेल मैदानमा सञ्चालित झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगितामा आज भएको खेलमा गौरीगञ्ज गाउँपालिकालाई शून्यका विरुद्ध १ गोल गर्दै कनकाई नगरपालिका विजयी भएको हो । यो जित संगै कनकाई नगरपालिका क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

खेलको पहिलो हाफ गोल रहित बराबरीमा खेलका दुबै टिमले दोश्रो हाफमा कनकाई नगरपालिकाका तर्फ बाट जर्सी नम्बर १३ का मनिष भट्टराई ले गरेको गोल नै आफ्नो टिमलाई विजयी बनाउन सफल भएको थियो ।

आजको खेलको म्यान अफ द म्याच कनकाई नगरपालिकाका मनिष भट्टराई हुनुभएको थियो ।

भोलिको खेल अर्जुनधारा र भद्रपुर नगरपालिका बिच पहिलो क्वाटर फाइनल खेल हुने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend