logo
शुक्रबार, साउन २९ २०८३

अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको पहिलो दिनको खेलमा अर्जुनधारा र भद्रपुर विजयी


  • कुइनेटो न्युज
  • शनिबार, माघ १२ २०८१

कमल । झापाको कमल गाउँपालिकामा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता २०८१ को उद्घाटन भएको छ ।

कमल गाउँपालिकाको आयोजनामा सञ्चालन भएको झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उद्घाटन गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईने गर्नु भएको थियो ।


कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विद्यालयको दमक–लखनपुर भेट्रान खेलमैदानमा शुक्रवार भएको पहिलो दिनको पहिलो खेलमा गौरादह नगरपालिकालाई हराउँदै अर्जुनधारा नगरपालिका विजयी भएको थियो भने दोस्रो खेलमा वुद्धशान्ति गाउँपालिकालाई हराउँदै भद्रपुर नगरपालिका विजयी भएको छ ।

प्रतियोगिताको उद्घाटन कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालको अध्यक्षतामा तथा गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको प्रमुख आतिथ्यता र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको विशिष्ट आतिथ्यता सम्पन्न भएको थियो ।

माघ ११ गते देखि देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा झापाका १५ वटै पालिकाका कर्मचारीहरु बिच प्रतिष्पर्धा हुने छ ।

प्रतियोगितामा प्रथम हुने पालिकाले नगद १ लाख रूपैयाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने द्वितीय हुनेले नगद ५० हजार रुपैयाँका साथैमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै विधागतमा पुरस्कार अन्तर्गत मेन अफ द म्याचले ट्रफी र अन्य विधा अन्तर्गत मेन अफ द टुर्नामेन्टले किपर, बेस्ट डिफेन्डर,. हाई स्कोरर्ले नगद ६ हजार ६ सय छैसठ्ठी रुपैयाँ पाउने छन् ।

त्यस्तै फेयर प्ले टिमले ट्रफी र प्रमाणपत्र पाउनुका साथै सहभागी सबै पालिकालाई मायाको चिनो प्रदान गरिने प्रतियोगिताका सहसंयोजक दिपेन्द्र लामिछानेले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend