logo
शुक्रबार, साउन २९ २०८३

जनार्दन मैनालीमाथि सहकारी काण्डको आरोप सम्बन्धी समाचार निराधार र भ्रामक


  • कुइनेटो न्युज
  • शनिबार, पुष २७ २०८१

दमक । दमकका सहकारी क्षेत्रमा जनार्दन मैनालीलाई लक्षित गरी फैलाइएको आरोपहरूको कुनै सत्यता नरहेको पुष्टि भएको छ।

दमक–५ स्थित संयुक्त कलाकर्मी सहकारीका अध्यक्ष तथा सनराइज बोर्डिङ स्कुलका संस्थापक मैनालीमाथि बचतकर्ताको रकम अपचलन, धम्की, र सहकारी खारेज गर्न खोजेको आरोप लगाइएको थियो। तर, यी सबै आरोपहरू कपोलकल्पित र दुराशयपूर्ण भएको मैनालीले बताएका छन्।

मैनालीका अनुसार, सहकारीको सबै वित्तीय कारोबार पारदर्शी छन् र सहकारी ऐनअनुसार चलाइएको छ। उनले भने, “सबै अभिलेख लेखा परीक्षण गरिएका छन्, र सदस्यहरूको रकम सुरक्षित छ। मैले कहिल्यै बचतकर्ताको हितलाई उपेक्षा गरेको छैन।”

धम्कीको आरोपलाई खारेज गर्दै उनले भने, “म सदस्यहरूप्रति सधैं सम्मानजनक व्यवहार गर्छु। मलाई बदनाम गर्नका लागि यस्ता असत्य कथाहरू फैलाइएको हो।”

आफ्नो उम्मेदवारीसँग सम्बन्धित राजनीतिक षड्यन्त्र भएको दाबी गर्दै उनले भने, “प्यासनको कोषाध्यक्ष पदको चुनावमा मेरो उम्मेदवारीलाई प्रभावित पार्न यो नियोजित आक्रमण हो। यस्ता आधारहीन आरोपले मेरो संकल्पलाई विचलित पार्दैन।”

जनार्दन मैनालीले सहकारी खारेज गर्ने सोचको आरोपलाई पनि खण्डन गरेका छन्। “सहकारीलाई अझ बलियो र लाभप्रद बनाउने मेरो प्रतिबद्धता स्पष्ट छ,” उनले भने।

यस भ्रामक समाचारको प्रचार गर्नेहरूविरुद्ध कानूनी उपचारको चेतावनी दिँदै मैनालीले बचतकर्ताहरूलाई झूटा सूचना नपत्याउन आग्रह गरेका छन्। “समयमै सत्य बाहिर आउनेछ, र म कानूनको दायराभित्र आफ्नो प्रतिष्ठा रक्षा गर्नेछु,” उनले भने।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend