logo
मंगलबार, कार्तिक ११ २०८३

प्रथम सृजनशील नकआउट फुटवल प्रतियोगिता २०८१ सञ्चालन हुने


  • उमानाथ भण्डारी
  • बिहिबार, पुष २५ २०८१

कमल । झापाको कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटवल प्रतियोगिता २०८१ हुने भएको छ ।
गाउँपालिकाको वडा नम्वर ७ गेउरीया स्थित सुजनशील युवा क्लवको आयोजनामा विष्णुकठ्ठाको खेलमैदानमा फुटवल प्रतियोगिताहुने आज पत्रकार सम्मेलनगरी जनाकारी गराएको हो ।

“लागु औषध दुव्र्यशन विरुद्धको बोल , हाम्रो यो गोल” भन्ने नाराका साथ आगामी पुष २८ गते देखी माघ ५ गते सम्म प्रतियोगिथा सन्चालनहुने सुजनशील युवा क्लवका अध्यक्ष निशान लामिछानेले जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजक सुजनशील युवा क्लव ए र बि का साथै झापा र मोरङ्गका ८ वटा गरी जम्मा १० वटा टिम बिच प्रतिष्पर्धा हुने छ ।

प्रतियोगितामा प्रथमहुने टिमले नगद ५० हजारका साथै ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रो ह्ने टिमले नगद ३० हजारका साथै ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् । त्यस्तै विधागत खेलमा प्लेयर अफ द टुर्नामेन्टले ३ हजार ५ सय , ईमर्जिङ प्लेयर , वेष्ट गोलकिपर, वेष्ट डिफेण्ड, प्लेयर अफ द म्याचलाई जनही २ हजार ५ सय नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउने क्लवका सचिव विक्रम निरौलाले बताउनु भयो ।

फुटवल प्रतियोगिता सन्चालनकालागी कमल गाउँपालिकाका,देश विदेशमा रहनुहुने स्थानीय वासीका साथै विभिन्न संघ सस्थामा बाट सहयोग प्राप्त भएको र प्रतियोगिता सन्चालन बाट बचत भएको रकम बाट लागु औषध दुव्र्यशन विरुद्धकालागी जनचेतनामूलक कार्यक्रम   सञ्चालन  गरिने खेल संयोजक जनक गुरुङले बताउनु भयो ।

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend