कमल ÷ झापाको कमल गाउँपालिका ३ स्थित रोज पेन्ट्स इन्डष्टिज प्रा लि द्वारा दशै , तिहार,तथा छठ पर्वको उपलक्ष्यमा सञ्चालन गरिएको लक्कि ड्र को नतिजा आज सार्वजनिक गरिएको छ ।
“रोज पेन्ट्सले घर रङ्ग्याउने हो , यसपाली त थाईल्याण्ड जाने हो ।” भन्ने नाराका साथ रोज पेन्ट्स इन्डष्टिज द्वार उत्पादन गरिएको १० हजार रुपैया भन्दा बढीको रङ खरिदमा दशैं तिहार उपहार अफर राखिएको र त्यो उपहार बापतको लक्कि ड्र सार्वजनिक गरिएको कम्पनिका संचालक छत्रपती खनाल (गोपाल)ले जानकारी दिनुभयो ।
कम्पनिकै कार्यालयमा आज सार्वजनिक गरिएको लक्कि ड्र मा कुपन नं २१५१ लाई थाइल्याण्ड टुर, कुपन नं २२३९ लाई फ्रिज,कुपन नं ४४१ लाई एयर कुलर ,कुपन नं १५१३ लाई टिभीका साथै अन्य एक दर्जन भन्दा बढी लाई रेडमी मोवाईल, साईकल, स्टेण्ड पंखा ,राईस कुकुर, जुस मिक्चर लक्कि ड्र मार्फत प्राप्त गर्नुहुने सम्पुर्ण विजेतालाई धन्यवाद दिंदै आफ्नो नजिकको डिलर संग सम्पर्क गरी उपहार मार्फत प्राप्त गरेको सामान बुझिलिन संचालक खनालले अनुरोध गर्नुभयो ।