logo
शुक्रबार, साउन २९ २०८३

केर्खा पब्लिक द्वारा खेलकुदमा उत्कृष्ट नतिजा ल्याउन सफल विध्यार्थीलाई सम्मान


  • कुइनेटो न्युज
  • बिहिबार, पुष ४ २०८१

कमल । कमल गाउँपालिका ३ स्थित केर्खा पब्लिक स्कुल बोर्डिङ्ग स्कुलले खेलकुदमा सहभागी भएर उत्कृष्ट नतिजा ल्याउन सफल विध्यार्थीलाई सम्मान गरिएको छ ।

प्याब्सन झापाको आयोजना तथा प्याब्सन कमलको संयोजनमा आयोजित पालिका स्तरीय खेलकुद तथा सांस्कृतिक प्रतियोगिता २०८१ मा केर्खा पब्लिक बोर्डिङ स्कूलबाट सहभागी भएर विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै शिल्ड र मेडल प्राप्तगर्न सफल विध्यार्थीलाई सम्मान गरिएको विध्यालयका फाउण्डर प्रिन्सिपल त्रिलोचन गौतमले जानका।री दिनुभयो ।

विध्यालय बाट खेलकुद तथा सांस्कृतिक प्रतियोगितामा सहभागी भएका विध्यार्थीले .टेवल टेनिस आधारभूत तह (छात्रा सिंगल) प्रथम स्थान,.टेवल टेनिस आधारभूत तह (छात्रा डबल) प्रथम स्थान ,.टेबल टेनिस माध्यमिक तह (छात्रा सिंगल) प्रथम स्थान ,.टेबल टेनिस – माध्यमिक तह (छात्रा डबल) दोस्रो स्थान,.टेबल टेनिस आधारभूत तह (छात्र सिंगल) दोस्रो स्थान,.टेबल टेनिस माध्यमिक तह (छात्र सिंगल) दोस्रो स्थान,स्याक रेस द्वितीय र १२ वर्ष मुनिको फुटबलमा द्वितीय स्थान हासिल गर्ने विध्यार्थी र खेलकुद शिक्षकलाई सम्मान गरिएको प्रिन्सिपल गौतमले बताउनु भयो ।

कार्यक्रम विध्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णा आचार्य (गौतम) अध्यक्षतामा भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend