logo
शुक्रबार, साउन २९ २०८३

हिसान झापाले खेलकुद प्रतियोगिताको आयोजना गर्ने


  • कुइनेटो न्युज
  • सोमबार, मंसिर १७ २०८१

 झापा ।  उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
उक्त प्रतियोगिता यही मंसिर २२ गतेबाट सुरु हुने हिसान झापाका सचिव देबेन्द्र हुमागाईंले जानकारी दिए ।
हिसान झापामा आबद्ध २६ विद्यालयहरु मध्ये २३ वटा विद्यालयका १००० भन्दा बढी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने सचिव हुमागाईंले बताए ।
हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनालले विद्यार्थीहरुको क्षमतालाई अभिवृद्धि गर्दै खेलकुद प्रति रुची जगाउन प्रतियोगितामा सहभागी हुन विद्यालयहरुलाई आग्रह गरेका छन् ।
प्रतियोगितामा विजेता र उपविजेतलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै प्रतियोगितमा सहभागी सम्पूर्ण विद्यालयले प्रमाणपत्र प्राप्त गर्ने हिसान झापाका कोषाध्यक्ष रञ्जित शाहले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब सात लाख खर्च हुने अनुमान गरिएको कोषाध्यक्ष शाहले बताए ।
प्रतियोगिताको खेल तालिका अनुसार मंसिर २३ गतेबाट पौष ३ गतेसम्म भद्रपुरस्थित ग्यालेक्सी स्कुलमा पुरुष फुटबल हुने छ ।
यस्तै पुरुष भलिबलतर्फ पौष १० देखि १३ गतेसम्म ग्लोबल एजेकेशन एकेडेमीमा हुने बताईएको छ भने महिलातर्फ आदर्श कलेजको खेलकुद मैदानमा १४ र १५ गते हुने छ ।
प्रतियोगितामा एभरेष्ट स्कुल भद्रपुर, मनकामना कलेज बिर्तामोड, धुर्वतारा स्कुल दुधे, वान्डरलेन्ड स्कुल केचना, प्रज्वल एकेडेमी गौरादह, चिल्ड्रेन गार्डेन स्कुल जलथल, प्रजिता स्कुल दमक, झापा मोडल स्कुल दमक, कोहेड कलेज बिर्तामोडको सहभागिता रहने हिसान झापाका सचिव हुमागाईंले जानकारी दिए ।
त्यस्तै हिमालयन मावि धुलाबारी, न्युटन्स एजुकेसन एकेडेमी बिर्तामोड, गोमेन्द्र मावि बिर्तामोड, एमेटी मावि बिर्तामोड, वाल्मीकि मावि बिर्तामोड, निदि मावि बिर्तामोड, आदर्श कलेज एचम बिर्तामोड, इकोम बिर्तामोड, बाइटर मावि अर्जुनधारा, सिद्धार्थ मावि भद्रपुर, एचएस निकेतन भद्रपुर, ग्लोबल एकेडेमी दमक, आस्था एकेडेमी दमक, युनिक एकेडेमी दमक, होलिबेला मावि धुलाबारी, पशुपति मावि झिलझिले र इडन गार्डेन अंग्रेजी स्कुल बिर्तामोडले प्रतियोगितमा सहभागीता जनाउने उनले बताए ।
सचिव हुमागाईंका अनुसार प्रतियोगिताका अन्य खेलहरु क्रिकेट, टेवलटेनिस र ब्याडमिन्टन भने माघ र फाल्गुन महिनामा सञ्चालन हुनेछ ।
हिसान झापाले प्रत्येक वर्ष विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । जस अन्तरगत यसवर्ष भने खेलकुद प्रतियोगितको आयोजन गरेको हो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend