logo
शुक्रबार, साउन २९ २०८३

कमल ३ मा खेलकुद समिति गठन : अध्यक्षमा मिलन


  • कुइनेटो न्युज
  • बिहिबार, मंसिर ६ २०८१

कमल । झापाको कमल गाउँपालिका ३ मा खेलकुद समितिको अध्यक्षमा मिलन लिम्बु सर्वसम्मत चयन हुनुभएको छ ।

वडा अध्यक्ष अग्नीप्रसाद कोइरालाको अध्यक्षतामा बसेको खेलाडीहरुको भेलाले लिम्बूको संयोजकत्वमा ११ सदस्यीय वडास्तरिय खेलकुद विकास समिति गठन गरेको हो ।

समितिको सहसंयोजकमा केवबहादुर लिम्बू र सदस्यहरुमा चक्रबहादुर मावो,राजेश भुषाल,प्रदिप ठटाल,एकराज श्रेष्ठ , दिपक घिमिरे, विजय खतिवडा, नरबहादुर मगर,शुरेस ढकाल र सदस्य सचिवमा वडा सचिव देवीप्रसाद फूयाल सर्वसम्मत चयन हुनुभएको वडा कार्यालयले जनाएको छ ।

वडास्तरिय खेलकुद विकास समितिले वडामा खेलकुदका विभिन्न गतिविधिहरु सञ्चालन गर्दै खेलकुद क्षेत्रको विकासका निम्ति काम गर्ने वडा सदस्य एङगल गुरुङले बताउनु भयो ।

पछिल्लो समय कमल गाउँपालिकाले खेलकुदका क्षेत्रको विकासकालागी विभिन्न गतिविधीलाई तिव्रता दिएको बताईएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend