logo
शुक्रबार, साउन २९ २०८३

रोलिङ च्यालेन्ज कपको उपाधिका लागि आयोजक र मानेभन्ज्याङ खेल्दै


  • कुइनेटो न्युज
  • शनिबार, कार्तिक १० २०८१

मेचीनगर। आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधिका लागि आज आयोजक रोलिङ क्लब र भारतको मानेभन्ज्याङ फुटबल क्लब खेल्दै छन् ।
धुलाबारी नमुना माविको खेल मैदानमा हुने फाइनल खेलमा दुवै टिमले उपाधि रक्षा गर्ने दाबी गरेका छन् । दुवै टिमले च्याम्पियनका लागि खेल्ने बताएका छन् ।

रोलिङले सम्राट स्पोर्टिङ क्लब विराटनगरमाथि ३–१ गोलअन्तरको सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको हो ।

त्यस्तै, दार्जिलिङको मानेभन्ज्याङ फुटबल क्लब इलामको रेडहर्स एफसीलाई टाइब्रेकरमा ४–३ गोलले रोक्दै फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार पाउनेछ ।

प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने क्लबका सचिव महेश खड्काले बताउनुभयो

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend