logo
शुक्रबार, साउन २९ २०८३

शिवसताक्षीको धरमपुरमा कात्तिक १२ गते देखी मिनिमेला लाग्ने


  • उमानाथ भण्डारी
  • बिहिबार, कार्तिक ८ २०८१

कमल । झापाको शिवसताक्षी १ धरमपुरमा स्थित धरमपुर सामुदायीक विकास सस्थाको आयोजनामा मिनिमेला लाग्ने भएको छ ।

अगामी कात्तिक १२ गते देखी २२ गते सम्म शिवसताक्षी १ धरमुर चौक उत्तर रहेको रतुवामाई वृक्षा रोपण आयोजनाको खलि जमिनमा मेला लाग्ने आज धरमपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले जानकारी गराएको हो ।

मेलामा विभिन्न खेल सहित मनोरन्जात्मक साँस्कृतिक कार्यक्रम हुने र सो मेला बाट प्राप्त रकमले धरमपुर बजारमा सडक बत्ति का साथै सिसि क्यामेरा लगाउने उद्येश्यका साथ मेला आयोजना गरिएको आयोजक धरमपुर सामुदायीक विकास सस्थाका अध्यक्ष दुर्गा प्रसाद नेम्वाङ्गले बताउनु भयो ।

सस्थाले स्थापनाकाल देखी नै स्थानिय रुपमा विभिन्न सामाजिक कृयाकलाप गर्दै आईरहेको छ । समाजमा हुने विकृती र विसंगती विरुद्ध समेत विभिन्न गतिविधि गरिरहेको यस सस्थाले विभिन्न उपसमिती बनाएर मेला लगाउने तयारी गरिरहेको र मेला बाट प्राप्त रकमले व्यक्तिगत स्वार्थ नराखी समुदायको विकासमा खर्च गरीने सस्थाका उपाध्यक्ष ज्ञानेन्द्र तिम्सिनाले जानकारी दिनुभयो ।

मेलामा विभिन्न खेलका साथै मनोरन्जात्मक सास्कृतिक कार्यक्रम हुनुका साथै राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुती रहने कार्यक्रम संयोजक शुक्रराज नेम्वाङले जानकारी दिनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा शिवसताक्षी नगरपालिका १ नम्बर वडाका वडा सदस्य पुर्ण चेम्जुङ, समज सेवी पृथ्वी बोहोरा लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend