शिवसताक्षी । झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिताको युवा तर्फ वडा नम्बर १ (निलो) र भेट्रान तर्फ वडा न.२ बिजयी भएको छ ।
धरमपुर स्थित फुलबारी रंगशालामा आज भएको पहिलो युवा तर्फको खेलमा आयोजक वडा न. १( निलो)ले वडा नम्बर ७ लाई १ का विरुद्ध ३ गोल अन्तरले पराजित गरेको छ ।
निक्कै रोमाञ्चक र आकर्षक खेलमा वडा न. ७ ले खेल आफ्नो पक्षमा पुरै पारेर खेलेको भए पनि गोल भने लगाउन सकेन । उता वडा न. १ ले हाफ टाइम अगाडि २ गोल गर्यो भने हाप टाइम पछि थप १ गोल गर्यो । वडा न.७ ले भने अन्तिम समयमा १ मात्र सान्त्वना गोल गर्यो ।
यो जित सङै वडा न. १ (निलो) सेमिफाइनलमा प्रवेश गरेको खेल सम्योजक दिपक दाहालले जानकारी दिएका छ्न ।
उक्त खेलको म्यान अफ द म्याच बिजेता टिमका याम खेवा घोषित भएका छ्न । उनले टिमका लागि २ गरेका थिए ।
भोलीको खेल युवा तर्फ वडा नम्बर ८ र १ (रातो) बिच हुने खेलकुद समितिका सदस्य पेमा तामाङ बताएका छ्न ।
भेट्रान तर्फ वडा न. २ फाइनलमा प्रवेश
त्यसै गरि आजै भएको भेट्रान तर्फको खेलमा वडा नम्बर २ बिजयी भएको छ ।
वडा न. २ ले वडा न. ८ लाई ट्राइबेकरमा परजित गरि दोस्रो चरणमा प्रबेश गरेको हो ।
निक्कै रोमान्चक खेलमा निर्धारित समय सम्म गोल रहित बराबरी भएपछी खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा वडा नम्बर ८ का २ जना खेलाडीले गोल लगाउन बाट चुके पछि ४/२ गोल अन्तरले वडा नम्बर २ ले बाजि मार्यो र फाइनलमा स्थान सुरक्षित बनाएको हो ।
उक्त खेलको म्यान अफ द म्याच बिजेता टिमका गोल किप्पर दिल बहादुर कार्की घोषित भए ।
उनलाइ कार्यक्रमका अतिथिहरु बिनोद ढाकल, वडा न.१ का अध्यक्ष लक्ष्मी प्रसाद चेम्जोङ,लगायत उक्त म्यान अफ द म्याच ट्रफी हस्तान्तरण गर्नुभयो ।
भोलि भेट्रान तर्फको खेल वडा न. १ र वडा न. ९ बिच हुने आयोजकले बताएको छ ।
। प्रतियोगिताको बिजेता टिमको युवा तर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार , उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जुन राईले जानकारी दिएका छन ।
त्यस्तै प्रतियोगिताको अन्य क्याटगोरीमा पनि पुरस्कार प्रदान गरिने बताइएको छ । जसमा क्रमश म्यान अफ द सिरिज ,धेरै गोलकर्ता ,उत्कृष्ट गोलकिपर ,उतकृष्ट डिफेन्सलाई जनही नगद ५ हजार सहित मेडल ट्रफी प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेलाइ ट्रफी प्रदान गरिने आर्थिक सम्योजक लिलाबहादुर जोशीले बताएका छ्न ।