कमल । मेची युनेस्को क्लबको १७ औं साधारण सभा सम्पन्न भएको छ ।
सभाबाट आगामी कार्यकालकालागी अध्यक्षमा टेकराज तिम्सिना सर्व सम्मत चयन हुनुभएको छ ।
त्यस्तै समितीको उपाध्यक्षमा उमानाथ भण्डारी, सचिव विष्णु प्रकाश निरौला, सह सचिव वालकृष्ण न्यौपाने, कोषाध्यक्ष लक्ष्मी न्यौपाने समेत सर्व सम्मत चयनहुनुभएको निर्वाचन समितिका सदस्य हिम प्रसाद दाहालले जानकारी दिनुभयो ।
त्यसैगरी सदस्यमा मदन मिश्र, जगन खतिवडा,भिम बहादुर पौडेल र सुनिता भट्टराई समेत चयन हुनुभएको दाहालले बताउनु भयो ।
क्लबका अध्यक्ष लोकनाथ खनालको अध्यक्षतामा सम्पन्न साधारण सभामा पुर्व अध्यक्ष हिम प्रसाद दाहाल , मधुसुदन अधिकारी, भिमचन्द्र न्यौपाने, लैन शहादुर पौडेल लगायतले साधारण सभा सफलताको शुभकामना मन्तव्यका साथै नव निर्वाचित समितिलाई बधाईका साथै सफल कार्यकालको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम क्लवका सचिव विष्णु प्रकाश निरौलाले सञ्चालन गर्नु भएको थियो ।