logo
मंगलबार, कार्तिक ११ २०८३

धरमपुरमा जारी वाडा स्तरिय युवा तथा भेट्रान फुट्बल प्रतियोगितामा वडा न. ८ले वडा न. ९ लाई सडनडेथमा पराजित


  • गोविन्द ल्वागुन
  • बिहिबार, असोज १७ २०८१

शिवसताक्षी । झापाको धरमपुरमा जारी वाडा स्तरिय युवा तथा भेट्रान फुट्बल प्रतियोगितामा आज वडा न. ८ले वडा न. ९ लाई सडनडेथमा पराजित गरेको छ ।

आज भएको एक मात्र युवा तर्फको खेलमा वडा नम्बर
८ ले वाडा नम्बर ९ लाई सडनडेथबाट पराजित गरेको हो ।
खेलको निर्धारित समय भित्र दुबै तर्फबाट गोल हुन नसके पछि खेल सिधै ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा पनि दुबै तर्फ बाट ५/५ गोल बराबरी भए पछि खेल सडनडेथ बाट छिनो फानो भएको हो ।

निक्कै रोमान्चक भएको खेलमा दुबै तर्फबाट गोल लागाउने प्रयास दुबै तर्फका गोल किप्पर्हरुले बिफल बनाइदिएका थिए । दुबै टिममा भर पर्दा र राम्रा खेलाडीले भरिपुर्ण भएको टिमले गर्दा पनि गोल लगाउन निक्कै गरो भएको बताइएको छ । नगर कै उत्कृष्ट फुट्बल खेलाडी भएको यी टिम हरु यश अघिका विभिन्न प्रतियोगितामा पनि धेरै पटक अम्ने साम्ने भएर खेलेको र ८ न. ले नै बाजि मार्दै आएको जनाइएको छ ।

वडा न. ८ ले सुखद यात्रा तय गर्दै आर्को राउन्डमा प्रबेस गर्न सफल भएको छ ।

आज खेलको म्यान अफ द म्याच बिजेता टिमका जर्सी नम्बर १६ का गोलकिपर विशाल घटानी घोषित भए ।

 

प्रतियोगिता अन्तरगत भोलि युवा तर्फको वडा नम्बर ६ र वडा नम्बर १( रातो) बिच हुनेछ भने भेट्रान तर्फ वडा न.७ र वडा न. ९ बिच हुने आयोजक समितिका सम्योजक दिपक दाहालले जानकारी दिएका छ्न।

प्रतियोगिताको बिजेता टिमको युवा तर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार , उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जुन राईले जानकारी दिएका छन ।

धरमपुर स्थित फुलबारी रङगशलामा भएको प्रतियोगिता
शिवसताक्षी वडा नम्बर १ खेलकुद बिकास समितिको आयोजनामा भएको हो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend