कमल । नेपाल उत्पीडित जातीय मुक्ति समाज कमल गाउँकमिटीको प्रथम गाउँ अधिवेशन बाट अध्यक्षमा ज्ञान बहादुर नेपाली सर्व सम्मत चयन हुनुभएको छ ।
त्यसैगरी कमिटीको उपाध्यक्षमा नन्दमान शंकर र समीता लकान्द्री सचिव सोम बहादुर मग्राती, उप सचिव कविता नेपाली र डिल्ली लकान्द्री ,कोषाध्यक्ष कमल बाग्दस सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितीका संयोजक नारायण प्रसाद गौतमले जानकारी दिनुभयो ।
त्यस्तै सदस्यमा भिमा विश्वकर्मा,सैयनध्वज विश्वकर्मा, गोरे विश्वकर्मा ,डम्बर जगमेर, फुलमाया दर्जी, नरेन्द्र सुन्दास,देवीमाया विश्वकर्मा ,विमला वराइली,गन बहादुर दर्नाल,कुमारी लोहार,सृजना परियार,अम्बिका नेपाली र मैया विश्वकमा समेत सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितीका संयोजक गौतमले बताउनुभयो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाज कमल गाउँकमिटी संयोजक हिमादेबी नेपालीको अध्यक्षता सम्पन्न अधिवेशन भएको थियो ।
अधिवेशनमा नेकपा एमालेका केन्द्रिय, प्रदेश , जिल्ला र गाउँकमिटीका नेताहरुले नवनिर्वाचित कमिटीका सदस्यलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।