धरम्पुर । झापाको शिवसताक्षी १ स्थीत धरमपुरमा जारी युवा तथा भेट्रान नकआउट फुुटबल प्रतियोगिता युवा तर्फ २ र भेट्रान तर्फ १ नम्बर बिजयी भएका छ ।
धरमपुर स्थित फुलबारी रंगशालाम भएको आजको पहिलो खेलमा युव तर्फको खेलमा वडा नम्बर २ ले वडा नम्बर ३ लाई १ का विरुद्ध २ गोल गरि बिजयी सुरुवात गरेको छ ।
खेलको २३ औं मिनेटमा वडा नं. २ का जोन मुर्मूले पहिलो गोल गरेका थिए । त्यस्तै खेलको ३० औं मिनेटमा विनोद खड्काले गोल गरेपछि वडा नं. २ ले २ गोलको अग्रता लिएको थियो । खेलको ५३ औं मिनेटमा वडा नं. ३ ले पाएको पेनेल्टी सुटलाई सदुपयोग गर्दैै प्रवेश मगरले गोल गरेपछि खेल २ – १ अन्तर हुन पुग्यो । अन्तत खेल २ नम्बर वडाले जित्यो ।
यश खेलको म्यान अफ द म्याच बिजेता टिमका जोन मुर्मु घोषित भए ।
त्यसैगरि आजै भएको भेट्रान खेलमा वडा नम्बर १ ले वडा नम्बर ११ लाई ० को विरुद्ध ६ गोलले स्तब्ध बनायो ।
खेलमा पहिलो हाफ सम्म ३-० ले अगाडी रहेको वडा नम्बर १ ले दोस्रो हाफ्मा थप ३ गोल गर्दै ६-० को अग्रता बनाए पछि ११ नम्बर वडाले लज्जास्पद हार बेहोर्यो ।
खेलको ७ औ मिनेटमा जर्सी नम्बर १७ का शिव कुमार लिम्बुले गोलको खाता खोलेका थिए । त्यस पछि क्रमशः जर्सी नम्बर १६ का रुद्र बोहोराले १२ औ मिनेट्म गोल गर्दै गोल अग्रता दोब्बर बनाए । पुन २२ मिनेटमा जर्शी नम्बर २४ का आशिष गिरिले गोल गर्दै गोल अग्रता तेब्बर बनाएका थिए। दोश्रो हाफ्को ४ औ मिनेटमा जर्सी नम्वर १८ का अम्मर लक्समले गोल गरे भने लगतै८ र १६ मिनेट्मा जर्शे नम्बर २४ का आशिष गिरिले गोल गर्दै ह्याटि्रक पुर गरे अन्तत खेल वडा नम्बर १ ले ६-० को फराकिलो अन्तरले बिजयी भयो । खेलको म्यान अफ द म्याच बिजेता टिमका जर्सी नम्बर १८ का अम्मर लक्सम घोषित भए ।
प्रतियोगिता अन्तरगत भोलि युवा तर्फ एक खेल हुने आयोजकले जनएको छ जस अनुसार वडा नम्बर १० र ११ बिच हुने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिताको बिजेता टिमको युवा तर्फ ५१ हजार उपबिजेता टिमले ३१ हजार र भेट्रान तर्फका बिजेता टिमले ३५ हजार , उपबिजेता टिमले २५ हजार नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितिका सदस्य अर्जुन राईले जानकारी दिएका छन ।
त्यस्तै प्रतियोगिताको अन्य क्याटगोरीमा पनि पुरस्कार प्रदान गरिने बताइएको छ । जसमा क्रमश म्यान अफ द सिरिज ,धेरै गोलकर्ता ,उत्कृष्ट गोलकिपर ,उतकृष्ट डिफेन्सलाई जनही नगद ५ हजार सहित मेडल ट्रफी प्रदान गरिने छ भने प्रत्येक खेलको म्यान अफ दि म्याच हुनेलाइ ट्रफी प्रदान गरिने आयोजक समितिका सम्योजक दिपक दाहालले जानकारी दिनुभयो ।