जनकपुर÷ मधेश प्रदेश प्रमुख माननीय सुमित्रा सुवेदी भण्डारीले नेपालमा मनाइने सबै चाडपर्वले सामाजिक एकता, सद्भाव र भातृत्व बिकास गर्ने बताउनु भएको छ ।
तराईमा मनाइने जितिया पर्वको अवसरमा बुधबार शुभकामना बिज्ञप्ति जारी गर्दै उत्त धारणा राख्नु भएको हो । हाम्रो समाज बिभिन्न जातजाती समुदाय मिलेर बसेको हुनाले सबैका आ–आफ्ना मौलिक धर्म सस्कृति, परम्परालाई साझा सम्पतिको रुपमा ग्रहण गर्न सक्नु पर्छ उहाँको धारणा छ ।

अहिले तराईमा तराईबासी मध्ये खासगरी थारु, मधेशी र राजवंशी समुदायले मनाउने जितिया पर्व अहिले सो क्षेत्रमा बसोबास गर्ने सबै जाती समुदायले। साझा रुपमा मनाउन थालेको बिषयलाई उल्लेख गर्दै माननीय सुवेदीले यस्ता चाडपर्व देशको सम्पति भएको उल्लेख गर्नु भएको छ ।
जितिया पर्वले अहिले हामीले गरेको कर्मको असर प्रतिफल भविष्यसम्म असर गर्ने सन्देश दिएको छ । त्यस कारण हामीले अहिले गर्ने असल कामको भविष्यसम्म सकारात्मक र खराब कामको असर नकारात्मक हुने सन्देश दिएको उहाँको धारणा छ ।
आज हामीले दिएको असल शिक्षा सस्कारले भविष्यमा भावी पुस्ताले समेत असलबाटो र सुखशान्ती मिल्ने कुरा जितिया पर्वले दिएको सन्देश हो ।
जितिया पर्व मान्नुको मुख्य कथन भविष्य पुराणमा उल्लेख भएको एक कथनका अनुसार भिक्षु भाष्कर ब्राह्मणको घरमा जन्मिएका जुम्ल्याहा दिदीबहिनीको जीवन भोगाईले समेत यही शिक्षा दिएको सन्देश दिएको छ । दिदीले सत्कर्म गरेकाले सात जना नै छोरा सकुशल र बहिनीले अघिल्लो जन्ममा राम्रो काम नगरेकाले सातैजना छोराहरुको मृत्युले पनि यसैको अर्थ पुष्टि गर्ने बताइएको छ ।
तराईमा जितिया पर्वमा महिलाले ३६ घण्टासम्म निराहार निर्जला ब्रत बसेर छोराहरुको दीर्घायुको कामना गर्ने गरिन्छ ।