logo
शुक्रबार, साउन २९ २०८३

कनकाई साप्ताहिक १० औ बर्षमा


  • कुइनेटो न्युज
  • बुधबार, भाद्र ५ २०८१

सुरुङ्गा,  झापाको मध्य भागबाट नियमित रुपमा प्रकाशित कनकाई साप्ताहिक १० औ बर्षमा प्रवेश गरेको छ ।

छापा तथा अनलाईन संकरणका रुपमा प्रकाशित कनकाई साप्ताहिक कनकाईको पहिलो समाचारमुलक अखबार समेत हो ।

पत्रिका १० औ बर्षमा प्रवेश गरेको अवशरमा पत्रिकाका सम्पादक÷प्रकाशक लीलाराज झापालीले पत्रिकाले अनेकन आरोह अपरोह खेपेर कोरोना कहरको कहानीलाग्दो अवस्थालाई समेत छिचोलेर यहाँसम्म आइपुग्नमा समस्त पाठक, विज्ञापनदाता तथा कर्मचारी वर्गको सामुहिक प्रयासबाट समेत सम्भव भएको भन्दै यस्तै साथ र सहयोग आगामी दिनमा समेत रहने विश्वास लिनुभएको छ ।

झापालीले पत्रिका १० औ बर्षमा प्रवेश गरेको अवशरमा अनलाईन संकरणलाई थप सशक्त बनाइएको र पाठकको रुचिका क्षेत्रलाई अनलाईन र पत्रिका दुबैको माध्यमबाट पस्कदै लैजाने प्रतिवद्धता जनाउनु भएको छ । झापा सुरुङ्गाबाट नियमित रुपमा प्रकाशन हुदै आएको यस कनकाई साप्ताहिक प्रेस काउन्सिलबाट क बर्गमा बर्गिकृत रहदै आएको छ भने कनकाई साप्ताहिककै अनलाईन संकरण कनकाई अनलाईन समेत प्रकाशन हुदै आएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend