logo
शुक्रबार, साउन २९ २०८३

सोलमारी सरंपाडा सडकको कालोपत्रे गर्ने काम सुरु

मतदाता समक्ष गरेको प्रतिवद्धता पुरा भएकोमा  वडा अध्यक्ष द्वारा खुशी व्यक्त


  • कुइनेटो न्युज
  • सोमबार, असार ११ २०८१

कमल । कमल गाउँपालिकाको वडा नम्बर १ मा पर्ने सोलमारी सरंपाडा सडकको कालोपत्रे गर्ने काम सुरु भएको छ ।

पालिकाकै ठुलो योजनाको रुपमा रहेको सडक कोशी प्रदेश सरकारको करिब साडे ४ करोड रुपैयाँको लागतमा सडक निर्माण भएको हो ।
अक्सपाल्ट प्रविधि बाट कालोपत्रे हुँदै गरेको सडक ३ किलोमिटर लम्बाइ रहेको कमल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष केदार कटुवालले बताउनु भयो । यो सडक निर्माण भएपछि छिमेकी पालिका शिवसतासी र गौरादह नगरपालिकाका नागरिकलाई समेत सहज हुने छ ।

अध्यक्ष कटुवालले आफ्नो पहिलो कार्यकालमा सडक निर्माणको प्रस्ताव गरेको भएपछि दोश्रो कार्यकालको दोश्रो वर्षमा सडक निर्माण भएकोमा निर्वाचनका समयमा आफूले मतदाता समक्ष गरेको प्रतिवद्धता पुरा गर्न सहयोग गरेकोमा गाउँपालिका अध्यक्ष हुकुम सिंह राई ,उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीका साथै प्रदेश सरकार प्रति आभार व्यक्त गर्नु भयो ।

सडक निर्माणको काम अघिल्लो वर्षमै पुरा गर्ने गरी कालोपत्रे गर्नु भन्दा पहिलोको सम्पूर्ण काम सम्पन्न भएपनि ठेकेदारको लापर्बाहीका कारण समयमा सडक निर्माण हुन सकेको थिएन ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend