कमल । कमल गाउँपालिका ३ केर्खामा रहेको उद्यमशील महिला जागरण केन्द्रको आयोजना तथा सामाजीक विकास मन्त्रालय कोशी प्रदेशको आर्थिक सहयोगमा दुई दिने घरेलु तथा लैंगिक हिंसा विरुद्धको सचेतना गोष्ठी सम्पन्न भएको छ ।
कमल गाउँपालिका ५ स्थित मङ्गलमय माध्यमिक विद्यालय र वडा नम्बर ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा गोष्ठी सम्पन्न भएको थियो । गोष्ठीमा विद्यालयमा कक्षा ८ देखी १२ कक्षा सम्म अध्ययनरत विद्यार्थी सहभागी रहेका थिए ।
सहभागी विद्यार्थीलाई हिंसाको परिभाषा, घरेलु हिंसा भनेको के हो र कानुनी उपचार के हुन् सक्छ, यौन दुर्व्यववहार र बलात्कार भनेको के हो र यसको कानुनी व्यवस्था , महिलाका संवैधानिक अधिकार र बाल विवाह ,बहुविवाह लगायतका बारेमा अधिवक्ता लक्ष्मी खनाल कोइरालाले सहजीकरण गर्नुभएको थियो । 
हामीले समान्य कानुनी कुरा जान्नु पर्दछ। कुनै गल्ति गरेमा मलाई कानुन थाहा छैन भनेर उम्कन पाइदैन त्यसैले । हामी कानुनमा धेरै पछाडि भएकोले पनि समाजमा विभिन्न घटनाहरु घट्ने गरेको कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रकी उपाध्यक्ष देवमाया वाग्लेले गर्नु भएको थियो ।