कमल । कमल गाउँपालिकाका आज बाट तिन दिवसीय दल नायक (ट्रप लिडर) तालिम सुरु भएको छ ।
कमल स्काउटको आयोजनामा सुरु भएको ट्रप लिडर तालिममा कमल गाउँपालिकामा स्काउट सञ्चालन भएका १२ वटा विद्यालयका स्काउट विद्यार्थी सहभागी रहेका छन् ।

आज बाट सुरुभएको तालिमको कमल स्काउटका स्थानीय प्रमुख आयुक्त प्रमिला न्यौपाने तिवारीले राष्ट्रिय र स्काउटको झण्डा झन्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कमल २ स्थित महेन्द्ररत्न माध्यमिक विद्यालयमा सञ्चालन भएको ट्रप लिडर तालिममा सहभागी विद्यार्थीलाई नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य अरुष बस्नेत , कोशी प्रदेश शैक्षिक पद्धति आयुक्त शिवानी देवानले प्रशिक्षण दिनुहुने छ । 
कमल स्काउटका आयुक्त गुणराज गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति अध्यक्ष स्काउट शिक्षक, लगाएतको उपस्थिति रहेको थियो ।
कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले शाब्दिक शब्द द्वारा स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम नेपाल स्काउट प्रदेश परिषद सदस्य माया सिवाकोटीले सञ्चालन गर्नु भएको थियो ।