logo
मंगलबार, कार्तिक ११ २०८३

दोश्रो अध्यक्ष कपको उपाधि शनिश्चरे फूटबल क्लबलाई


  • उमानाथ भण्डारी
  • शुक्रबार, असार १ २०८१

कमल । कमल गाउँपालिकामा सम्पन्न दोश्रो अध्यक्ष कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको २०८१ को उपाधि शनिश्चरे फूटबल क्लबले जितेको छ ।

रोलिङ्ग क्लब धुलावारीलाई शून्यका विरुद्ध १ गोल लगाउदै शनिश्चरे फुटबल क्लबले उपाधि जितेको हो ।
“खेलकुद हाम्रो सम्पत्ति, कमल गाउँपालिकाको उन्नति” भन्ने नाराका साथ कमल ३ स्थित केर्खा खेल मैदानमा सम्पन्न प्रतियोगिता सम्पन्न भएको थियो ।

प्रतियोगितामा निर्धारित समय सम्म दुबै टिमले पाएको अवसर गुमाएर गोल रहित अवस्थामा पुगेका थिए तर दोश्रो हाफको अतिरिक्त समयमा शनिश्चरे फूटबल क्लबका जर्सी नम्बर ९ का रिकेश श्रेष्ठले लगाएको गोलनै आफ्नो टिमलाई विजयी गराउनु भएको थियो ।

    उपविजेता रोलिङ्ग क्लव धुलाबारी

विजयी भए सँगै शनिश्चरे फूटबल क्लबले नगद २ लाख रुपैयाँ सहित शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो भने उपविजेता हुने रोलिङ्ग क्लव धुलाबारीले नगद १ लाख रुपैयाँ सहित शिल्ड, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट किपर अनुप तामाङ्ग, वेष्ट डिफेन्डर प्रज्ज्वल न्यौपाने, वेस्ट मिडफिल्डर रोमन भुजेल, हाईस्कोर अमित देशरा ,वेष्ट स्टाईगर श्याम मुर्मु, वेस्ट टुर्नामेन्ट विशाल दर्जीले जनही नगद ५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend