कमल। नेपाल कम्युनिस्ट पार्टी एमाले कमल दुई नम्बर वडा कमिटी को आज दोस्रो अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट तेजबहादुर खड्का को अध्यक्षतामा २१ सदस्य वडा कमिटी गठन गरिएको छ। वडा कमिटीको उपाध्यक्षमा उमेश चन्द्र पोखरेल, सचिव नारायण अधिकारी, उपसचिव विजय कुमार अधिकारी, उपसचिव महिला तर्फ मिना फुएल सर्वसम्मत चयन हुनुभएको छ।

त्यसैगरी सदस्यमा नेत्रप्रसाद तिम्सिना, निर्मला अधिकारी, राजन खड्का, शान्ता खड्का, इन्दिरा खड्का ,शेरबहादुर अधिकारी, पद्मा बस्नेत, मैना कार्की, थलमाया कटेल, विवेक कार्की, डिल्लीबहादुर भण्डारी, प्रकाश अधिकारी, पूर्णबहादुर कार्की, धनमाया अधिकारी पोखरेल, कालीप्रसाद रिजाल र संगीता ढुङ्गेल सर्वसम्मत चयन हुनुभएको निर्वाचन समितिका संयोजक धनबहादुर बस्नेतले जानकारी दिनुभयो ।

नेकपा एसका जिल्ला कमिटी सदस्य हरिप्रसाद पराजुली , पेच प्रसाद सावदेन र खगेन्द्र ढकाल पुरानै घरमा फर्कनु भएको छ भने नेपाली कांग्रेसका शान्त कुमारी गुरुङ समेत एमालेमा प्रवेश गर्नुभएको छ।
अधिवेशनको अवसर पारेर पार्टीलाई भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता धान्य प्रसाद दुलाल र पुराना कार्यकर्ता चन्द्रप्रसाद गौतमलाई सम्मानपत्र र खादाद्वारा सम्मान गरिएको थियो।
कार्यवाहक अध्यक्ष कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा
नेकपा एमाले केन्द्रीय कमिटी सदस्य दीपक कार्की, जिल्ला कमिटी सदस्य नारायण प्रसाद गौतम ,चक्रबहादुर गुरुङ, सीता निरौला, प्रेम बहादुर पोखरेल, गाउँ कमिटी अध्यक्ष हरि ढकाल सचिव वीरेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो।