logo
शुक्रबार, साउन २९ २०८३

एक हप्ते  चुरा पोते  निर्माण  , उद्घोषक  तालिमको  समापन  र  एक महिने ढाका बुनाई तालिमको उद्घाटन  


  • उमानाथ भण्डारी
  • शुक्रबार, जेष्ठ ४ २०८१

 कमल । इलामको चुलाचुली १ मा सञ्चालित ७ दिने  क्रिष्टलबाट चुरा पोते  निर्माण  र उद्घोषक  तालिमको  समापन  र  १ महिने ढाका बुनाई तालिमको उद्घाटन  भएको छ ।

झापाको कमल गाउँपालिकामा ३ केर्खामा मुख्य कार्यालय रहेको उद्यमशील महिला जागरण केन्द्रको आयोजना तथा  चुलाचुली १ नम्बर वडाको आर्थिक सहयोगमा सञ्चालित  , ७ दिने  क्रिष्टलबाट चुरा पोते  निर्माण  र उद्घोषक  तालिमको समापन तथा १ महिने ढाका बुनाई तालिमको  उद्घाटन  भएको हो  ।

 

उद्यमशील महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता उप्रेती दाहालको अध्यक्षतामा  सम्पन्न तालिम  अन्तर्गत १ महिने ढाका बुनाई तालिमको  उद्घाटन   वडा अध्यक्ष पुर्ण लावतीले गर्नु भएको थियो ।

 

तालिममा ७ दिने  क्रिष्टलबाट चुरा पोते  निर्माण  र उद्घोषक तर्फ २० ÷ २० जना सहभागी रहेका थिए । तालिममा सहभागीलाई वडा अध्यक्ष लावतीले प्रमाणपत्र प्रदान गर्नु  भएको थियो ।

 

समिना राईले सञ्चालन गर्नुभएको कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई नन्द कुमारी राईले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

१ महिने ढाका बुनाई तालिममा  १० सहभागी रहने  केन्द्रकी उपाध्यक्ष बबिता वाग्लेले जानकारी दिनु भयो ।

तालिममा उद्घोषक तर्फ को सहजीकरण नारायण बस्नेतले गर्नु भएको थियो भने   ७ दिने  क्रिष्टलबाट चुरा पोते  निर्माण  तथा १ महिने ढाका बुनाई तालिमको  सहजीकरण  तारा चौधरी गर्नुहुने  छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend