logo
शुक्रबार, साउन २९ २०८३

दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा


  • कुइनेटो न्युज
  • बिहिबार, जेष्ठ ३ २०८१

बिर्तामोड । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले पराजित गर्दै चन्द्रगढी अन्तिम चारमा प्रवेश गरेको हो ।

खेलको आठौँ मिनेटमा झिलझिलेका कुमार जोशीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि चन्द्रगढीले गोल फर्काएपछि उसले हार व्यहोर्नु परेको थियो ।

खेलको २५ औँ मिनेटमै चन्द्रगढीका प्रेम लिम्बूले गोल गर्दै गोल बराबरीमा ल्याएका थिए । त्यस्तै, खेलको २६ औँ मिनेटमा सुवास खड्काले एक गोल थप्दै नतिजा २–१ मा पुर्याए ।

खेलको ३६ औँ मिनेटमा झिलझिलेका सुवास आङथुपोले गोल गर्दै २–२ को बराबारीमा फर्किने प्रयास गरे पनि त्यसपछि थप दुई गोल खाँदा प्रतियोगिताबाट बाहिरिनु पर्यो

चन्द्रगढीका लागि खेलको ४१ औँ मिनेटमा प्रेमकुमार लिम्बू र ५९ औँ मिनेटमा सुवास खड्काले गोल गर्दै नतिजा ४–२ बनाएका थिए ।
प्रतियोगिताको प्लेयर अफ दि म्याच चन्द्रगढीका प्रेमकुमार लिम्बू । हुनुभयो  ।वहाँले  नगद २५०० र ट्रफी पाउनुभयो ।

कोशी प्रदेशका आठवटा टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ७ गते हुने आयोजक पूर्वेली युवा क्लबका कार्यवहाक अध्यक्ष दिपेन चौधरीले बताउनुभयो । ।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी र मेडल पाउनेछ भने उपविजेताले नगद ५५ हजार ५५५ रुपैयाँ चौधरीले बताए । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्यचाले नगद २५०० र ट्रफी पाउने छन् ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, उच्च गोलकर्ता र प्रशिक्षकले नगद पाँच हजार र ट्रफी प्राप्त गर्ने संयोजक टेकराज तिलिङले बताउनुभयो । ।

पूर्वेली युवा क्लब बिर्तामोडका अध्यक्ष रविन श्रेष्ठले आफ्नी आमा दुर्गादेवी श्रेष्ठको स्मृतिमा विजेताको नगद पुरस्कार प्रदान गरेका छन् ।

१५ वर्षअघि बिर्तामोडका अगुवा युवाहरुको साझा संस्थाको रुपमा स्थापित यस क्लब खेलकुदसँगै सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend