logo
शुक्रबार, साउन २९ २०८३

लायन्सकर्मी शाह दम्पतीद्धारा विवाह उत्सवमा बिपन्नलाई खाद्यन्न सहयोग


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख २९ २०८१

दमक÷लायन्स क्लव अफ झापा दमकका सदस्य तथा दमकका युवा ब्यवसायी बिष्णु शाह र सीतादेबी शाहले आफ्नो २२ औ विवाह उत्सवको अवसर पारेर दमक वडा नम्बर १२ का अति बिपन्न घर परिवारलाई कम्तिमा १ महिना पुग्नेगरी दैनिक उपभोग्य खाद्य सामाग्री उपलब्ध गराउनु भएको छ ।

वडा नम्बर ७ को वडा कार्यालयको सिफारीसमा अति बिपन्न १२ घर परिवारको छनोट गरेर शनिवार विहान चामल, दाल, तेल लगायतको दैनिक आवश्यकीय उपभोग्य सामाग्रि उपलब्ध गराईएको लायन्स क्लव अफ झापा दमकका प्रथम उपाध्यक्ष बिष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

विवाह उत्सबमा फजुल खर्च नगर्ने उदेश्य अनुसार बार्षिक रुपमा आफुले यस प्रकारको कार्यमा सहयोग गर्दै आएको र यो पटक दमकका १२ बिपन्न परिवारलाई खाद्यन्न सहयोग गर्दा आफुलाई खुशि लागेको बिष्णुकुमार शाहले बताउनुभयो ।

खाद्यन्न बितरण कार्यक्रममा वडाध्यक्ष भीम पौड्यालले आफ्नो वार्डमा १ सयभन्दा बढि घरपरिवार अति बिपन्न रहेको र ३० भन्दा बढि घरपरिवारलाई वार्ड कार्यालयले नै राशनको ब्यवस्था गरिदिदै आएको बताउनुभयो । लायन्स क्लव अफ झापा दमक मार्फत यस प्रकारको खाद्यन्न सहयोग निरन्तर हुने अपेक्षा लिएको समेत वहाँले बताउनुभयो ।

क्लवका अध्यक्ष लोकेश सापकोटाको अध्यक्षतामा भएको खाद्यन्न बितरण कार्यक्रममा लायन्स लिडर अजय अग्रवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम सचिव राजकुमार खड्कालले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend