logo
शुक्रबार, साउन २९ २०८३

खुल्ला महिला फुटबल नकआउट प्रतियोगिताको उपाधी कन्काई स्पोटिङ्ग क्लव लाई


  • उमानाथ भण्डारी
  • शुक्रबार, बैशाख २८ २०८१

कमल । खुल्ला महिला फुटबल नकआउट प्रतियोगिताको उपाधी कन्काई स्पोटिङ्ग क्लव सुरुङ्गाले जितेको छ ।

कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगिताको विहिवार सम्पन्न फाईनल खेलमा रोयल स्पोटिङ्ग क्लव दमकलाई दुई शुन्य गोल अन्तरले हराउदै कन्काई स्पोटिङ्ग क्लवले उपाधी जितेको हो ।

                                                             उपविजेता रोयल स्पोटिङ्ग क्लव

खेलको पहिलो हाफको १० मिनेटमा कन्काईका जर्सि नम्बर ११ की तिर्थ कुमारी लिम्बुले पहिलो गोल र २३ औं मिनेटमा कन्काई कै जर्सि नम्बर १३ की नेहा चौधरीले गर्नु भएको २ गोल ले नै टिमलाई विजयी बनाएको थियो ।

कन्काईले उपाधीका साथै नगद ३१ हजारका साथ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता रोयल स्पोटिङ्ग क्लवले नगद २१ हजार का साथै ट्रफी मेडल र प्रमाणपत्र पाप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीमा सीमरन राई, प्लेयर अफ द म्याच सञ्जु तामाङ्ग, बेस्ट डिफेन्डर शुष्मा राई , बेस्ट मिडफिल्डर सञ्जु राई, वेष्ट फरवाड ममता राउत , बेस्ट स्ट्राइकर, बेस्ट गोल किपर सविना चौधरी लाई समेत नगद ,ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगिता गत वैशाख २३ गतेबाट कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा भएको थियो । प्रतियोगितामा झापा इलाम र मोरङका ८ वटा टिम सहभागी रहेको खेल संयोजक रुस्तम राईले जानकारी गराउनु भयो ।

 

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend