logo
शुक्रबार, साउन २९ २०८३

कानून दिवश- २०८१ झापा जिल्ला अदालतमा मनाइयो


  • कुइनेटो न्युज
  • बुधबार, बैशाख २६ २०८१

 

चन्द्रगढी/ झापा जिल्ला अदालतले अदालतका पूर्व कर्मचारीहरुलाई सम्मान गरी कानून दिवश मनाएको छ। झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला, झापा जिल्ला अदालतका न्यायाधीशहरु प्रकाश अधिकारी, नगेन्द्रकेशरी पोखरेल, रामप्रसाद पौडेल, नेपाल बार एसोसिएसनका उपाध्यक्ष सुरज खत्री, बार इकाइ झापाका पदाधिकारी तथा झापा स्थित सुरक्षा निकायका अधिकारी समेतको उपस्थितिमा कानून दिवश मनाईएको छ।

कानुनी इतिहासलाई हेर्दा नेपालमा वि.सं. २००८ मा प्रधान न्यायालय ऐन जारी भई २००९ वैशाख २६ गते लालमोहर लगाएको दिनको स्मरणमा कानुन दिवस मनाउन थालिएको पाइन्छ । प्रधान न्यायालय ऐन लागू भएको सम्झनामा हरेक वर्षको वैशाख २६ गते नेपालमा कानुन दिवस मनाइँदै आइएको छ । यस वर्ष मनाइने कानुन दिवस भने ७६ औँ कानुन हो। नेपालको स्वतन्त्र न्यायपालिकाको जग बसाउने दिन समेतको रुपमा यो दिनलाई स्मरण गरिन्छ। यस दिन नेपालको तिनै तहका अदालतहरू (जिल्ला, पुनरावेदन र सर्वोच्च) मा सार्वजनिक बिदा दिई अदालतहरु तथा न्यायालयसँग सम्बन्धी संस्थाहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरिन्छ ।


यस बर्ष कानुन दिवसको अवसरमा झापा जिल्ला अदालतले अदालतमा काम गरी सेवा निवृत्त भएका पूर्व कर्मचारीहरूलाई सम्मान गरेको हो। सम्मानित हुनुहुने पुर्व कर्मचारीहरूमा नारायण श्रेष्ठ, ईन्द्र कमल प्रधान, योगेन्द्र आचार्य, गणेश बस्नेत, लोक बहादुर अधिकारी, हेमराज लम्साल, टोपलाल ज्ञावली, टिकादेवी ज्ञावली, राम बहादुर काफ्ले, देवी माया काफ्ले, शेर बहादुर बुढाथोकी, निलहरी ढकाल, बिष्णु तिम्सीना, कुमार बाणा, , शंकर भण्डारी समेतका पुर्व कर्मचारी सम्मानित हुनुभएको झापा जिल्ला अदालतका श्रेस्तेदार किरण सिंहले जानकारी दिनु भयो।

न्यायालयमा जनताको पहुँच बढाउन र न्याय प्रणालीलाई सेवाग्राही मैत्री बनाई सर्वसुलभ सेवा उपलब्ध गराउन यस्ता कार्यक्रम गरिनु पर्ने नेपाल राष्ट्रिय कर्मचारी संगठन झापाका अध्यक्ष तथा अदालतका शाखा अधिकृत रामचन्द्र बस्नेतले बताउनु भयो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend