logo
मंगलबार, कार्तिक ११ २०८३

विर्तामोड बन्यो तेस्रो आदर्श च्यालेन्ज कपको च्याम्पियन


  • कुइनेटो न्युज
  • सोमबार, बैशाख २४ २०८१

बुुद्धशान्ति । बुद्धशान्तिमा आयोजित तेस्रो आदर्श च्यालेञ्ज कपको उपाधी बिर्तामोड युनाइटेड एफसीले हात पारेको छ । आदर्श युवा क्लबद्धारा आयोजित प्रतियोगितामा भारतको मानेभन्ज्याङ एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड युनाइटेडले उपाधी कब्जा गरेको हो ।

बिजेता बिर्तामोडले उपाधीसँगै नगद २ लाख रुपैंयाँ हात पार्याे । मानेभन्ज्याङले १ लाख रुपैयाँमा चित्त बुुझायो । यसअघिको खेलमा महत्वपुर्ण दुुई खेलाडी गुमाएको मानेभन्ज्याङले अपेक्षित प्रदर्शन गर्न नसक्दा उपाधी हात पार्न बञ्चित रहयो ।

खेलको ७ औं मिनेटमा बिर्तामोडका डिफेण्डर देबेन्द्र तामाङले गरेको हेडर मानेभन्ज्याङका गोलरक्षकको हातबाट रिवाउन्स भएको थियो । सो बललाई बिर्तामोडका अर्का डिफेण्डर बिशाल दर्जीले हेड मार्फत गोल गरेका थिए । खेलको २४ औ मिनेटमा बिर्तामोडले अग्रता दोब्बर पारेको थियो । अभिषेक गुरुङको क्रस पासलाई कप्तान आशिष चापागाईले गोल गर्न सफल भए । त्यसै गरी इन्ज्युरी समयमा चापागाईले नै बिपक्षी गोल रक्षकसँग वान टु वानको अवस्थामा गोल गर्दै टिमको जित सुनिश्चित गरेका थिए ।

पहिलो हाफको इन्ज्युरी समयमा मानेभन्ज्याङका सौरभ तामाङ २० यार्डबाट गरेको कढा प्रहार बिर्तामोडका गोलरक्षक सन्दिप लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ४५ औं मिनेटमा मानेभन्ज्याङका स्ट्राइकर करण राईले डि बक्समा पाएको बललाई सदुपयोग गर्न सकेनन् । ५४ औं मिनेटमा सुरज रसाइलीले प्रहार गरेको फ्रि किकलाई सौरभ तामाङले पोष्टमा प्रहार गरेको भएपनि गोलरक्षक बाधक बनेका थिए ।

खेलको प्लेयर अफ द म्याच बिजेता बिर्तामोड युनाइटेडका बिशाल दर्जी घोषित हुनुभयो । वहाँले नगद तीन हजार रुपैंयाँ पुुरस्कार पाउनु भयो ।

प्रतियोगिताका उदियमान खेलाडी आयोजक आदर्श युवा क्लबका पुजन थापा, उत्कृष्ट स्ट्राइकर बिर्तामोडका आशिष चापागाईँ, उत्कृष्ट डिफेण्डर मानेभन्ज्याङका बिरेन प्रधान, उत्कृष्ट मिडफिल्डर बिर्तामोडका योगेश गुरुङ, उत्कष्ट गोलरक्षक बिर्तामोडका सन्दिप लिम्बुु, प्रतियोगिताको उत्कृष्ट खेलाडी बितामोडका देबेन्द्र तामाङ, उत्कृष्ट कोच बिर्तामोडका रमेश गुरुङ हुनुभएको थियो । वहाँहरुले जनही नगद ५ हजार रुपैंयाँ पुुरस्कार प्राप्त गर्नु भयो ।

प्रतियोगितामा भारतका दुुईसहित आठ टिमको सहभागिता रहेको थियो । बैशाख १५ गतेदेखि सुरु भएको प्रतियोगिताको आगामी संस्करणलाई पनि निरन्तरता दिने आयोजक समितिका खेल संयोजक मनेष दाहालले जानकारी दिनुभयो ।

एञ्जिला सहित खेलकर्मी सम्मानित

प्रतियोगिता समापनको अवसरमा अहिले उत्कृष्ठ फर्ममा रहेको नेपाली राष्ट्रिय महिला फुटबल टिमको कप्तान एञ्जिला तुुम्बापोलाई नगदसहित सम्मान गरिएको थियो । वहाँलाई नगद २५ हजार रुपैंयाँ पुरस्कारसहित सम्मान गरिएको हो । मेची महाकाली धावन यात्रा पुरा गर्ने जिवनाथ अधिकारी, एन्फाको १३ बर्षमुनीको टिममा पर्न सफल भाइचुुङ शेर्पा, कराते तर्फ स्वर्ण पदकधारी एलिजा घिमिरे, रिले राष्ट्रिय दौडमा स्वर्ण पदक धारी चन्द्र पुलामी मगर, तेक्वान्डो तर्फ स्वर्ण पदक धारी रेष्मा भुजेल, स्वं. रेफ्री लोकराज ढुुङगाना मरोणोपरान्त, आदर्श युवा क्लबमा पूर्व खेलाडी तथा पशिक्षक स्वं. विनोद गुरुङ लाई मरोणोपरान्त सम्मान गरिएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend