शिवसताक्षी । गाँजा खाएर लठ्ठिएका युवा हुन् वा मदिरा सेवनले थर्थर कामेका व्यक्ति। सिरिन्ज, ट्याबलेट, ब्राउन सुगर होस् वा अन्य कुनै प्रकारका ड्रग्स। यस्ता अनेकौं प्रकारका लागुऔषधको दुर्व्यसनमा फसेका व्यक्तिको पुनर्जीवनको आशा बन्ने भएको छ उज्वल भबिष्य प्रतिस्ठान नेपाल ।
लागुऔषध प्रयोगकर्ता अपराधी होइनन् ,बिरामी हुन ।उनिहरुलाइ सजाय होइन उपचार दिउ । भन्ने मुल मन्त्र लिएर झापाको शिवसताक्षी ८ स्थित झिलझिलेमा स्थानीय २ युवाहरुले उज्वल भबिष्य प्रतिस्ठान नेपाल नामक सुधार केन्द्र सन्चालनमा ल्याएका छ्न ।
केहि दिन अघिबाट सन्चालनमा ल्याएको यस प्रतिष्ठानले धेरैलाई पुनर्जीवन दिने सन्चालक मध्ये एक भिम लिम्बुले बताएका छ्न ।
दुर्व्यसनले घर–परिवार नै डामाडोल भएकाहरु यस सुधार केन्द्रमा भर्ना भएमा समाजका ‘रोलमोडल’ बनेर दुर्व्यसनविरुद्ध जनचेतना जगाउँदै हिँडन सक्ने बनाउने योजना रहेको सन्चालक लिम्बुको भनाई छ ।
झिलझिले स्थित ट्राफिक चेकपोस्ट बाट अपोजिट २ सय मिटर दक्षिणमा अवस्थित यस सुधार केन्द्रले दुर्व्यसनमा फसेका युवाहरुलाई उपचारात्मक तथा सुधारात्मक उपायबाट असल तथा सभ्य नागरिक बनाउने लक्ष्य लिई उज्वल भबिष्य प्रतिष्ठान नेपाल नामक सस्था स्थापना गरि सन्चालनमा ल्याएको अर्का सन्चालक जापन तामाङ्को भनाइ छ ।
यस सुधार केन्द्रमा ‘लागुऔषध दुर्व्यसनी प्रयोग कर्ताहरुलाइ अध्यत्मिक ज्ञान , योगा , मेरिटेसन , मनोरञ्जन , र बिभिन्न खेलकुद्को सेवा समेत उपलब्ध हुने बताइएको छ ।
।लागुऔषधबाट पूर्ण रुपमा मुक्त हुने समय उपचाररत सदस्यहरुको शारीरिक, मानसिक र पारिवारिक आदि अवस्थामा भर पर्ने हुन्छ। केन्द्रले प्रारम्भिक सुधारको लागि ३ महिनाको समय तोकेको हुन्छ।
त्यसैले भर्ना हुने व्यक्ति र परिवारको ३ महिना सम्म बस्ने र राख्ने इच्छा हुनुपर्छ। कुनै प्रकारको मानसिक र शारीरिक रुपले असक्षमको हो भने भर्ना लिन नसकिने सन्चालक लिम्बुले बताउनु भयो ।
यस सस्थामा उपचार गराउन रोगिलाइ खान बस्न सहित केहि रकम भने लाग्ने बताइएको छ ।
‘अपराध बढ्नुका विभिन्न कारणमध्ये एउटा कारण लागुऔषध पनि हो। जब मान्छे दुर्व्यसनमा फस्छ, त्यसपछि दुर्व्यसनसँगै जोडिएर आर्थिक तथा सामाजिक अपराध हुन्छन्। अपराधको न्यूनीकरण र देशको सामाजिक तथा आर्थिक अवस्थामा सुधारको लागि यो सस्थाको भुमिका पनि महत्वपूर्ण हुने बताइएको छ ।
पछिल्लो समय देशमा लागुऔषध प्रयोग कर्ताको वृद्धि भए सङै सुधार गृह हरु पनि उतिकै मात्रमा सन्चालन मा आएका छन । सुधार केन्द्र शिवसताक्षी नगरपालिकामा मात्र ४ वटा सन्चालनरत छ्न ।