logo
शुक्रबार, साउन २९ २०८३

सतासीधाम जेसिज द्वारा २०२४ का राष्ट्रिय उपाध्यक्ष तामाङ्लाइ स्वागत तथा सम्मान


  • कुइनेटो न्युज
  • बिहिबार, बैशाख २० २०८१

शिवसतक्षी/ सतासीधाम जेसिजले निरुपित राष्ट्रिय उपाध्यक्ष २०२४का बहादुर तामाङ्लाइ बुधबार शाखा भ्रमण तथा स्वागत सम्मान गरेको छ ।

बुधबार दुधेमा एक कार्यक्रमको आयोजना गरि तामाङ्गलाई स्वागत सम्मान गरेको हो ।
सो अवसरमा तामाङ्गलाइ सस्थाका पदाधिकारीहरुले आफ्नो सस्स्थाको समस्य लगायत बिभिन्न सुझाबहरु टिपोट गरि केन्द्रमा पुर्‍याउन आग्रह गरे ।
बिधिको शासन र बन्धुत्वको भावनालाई मुल मन्त्र ठानेर १८देखि ४० बर्ष उमेर समुहका युवाहरुको ब्यक्तित्व र नेतृत्व तथा क्षमता बिकास र उद्द्यामशिलताको बिकास गर्ने गराउने ध्येय लिएको बिशुद्द अन्तर्राष्ट्रिय सस्था हो ।
सतासीधाम जेसिजले नगरका धेरै युवाहरुलाइ नेतृत्व र उद्द्मीहरु निर्माण गर्दै आएको छ ।
यसै सन्दर्भमा सतासीधाम जेसिज बर्ष २०२४ को अभियानलाइ समय सापेक्षा सफल तथा सान्दर्भिक बनाउन बिभिन्न तालिम तथा कार्यक्रम र अभियानहरु सन्चालन गरिने सतासीधाम जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि दारुमान राईले बताउनु भयो । सो अवसरमा राइले शाखाले हाल सम्म सन्चालन गरेको गतिविधि सहितको प्रतिबेदन प्रस्तुत समेत गर्नु भयो । सतासीधाम जेसीज बर्ष २०२४ का प्रमुख सल्लाहकार कुमार सिह सावा , एरिया ए तालिम सम्योजक प्रदिप बिष्टले मन्तब्य बोलेका थिए ।
कार्यक्रममा पुर्व अध्यक्ष हरु, सल्लाहकार सदस्यहरु लगयत पदाधिकारीहरुको बाक्लो सहभागिता रहेको थियो ।
बर्ष २०२४का कार्यकरणी उपाध्यक्ष जेसि पदम कुवरको सम्योजकत्वामा भएको कार्यक्रमको सतासीधाम जेसीका निवर्तमान अध्यक्ष निर्मला प्रधानले स्वागत मन्तब्य बोल्नु भएको थियो भने कार्यक्रम सन्चालन प्रकरण निर्देशक मन्जील नेपालले गरेका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend