logo
मंगलबार, कार्तिक ११ २०८३

एन्फा द्वारा शिवसताक्षीका १३ वर्ष मुनिका २ जना खेलाडी छनौट


  • गोविन्द ल्वागुन
  • बिहिबार, बैशाख २० २०८१

शिवसताक्षी । १३ वर्ष मुनिका     फुट्बल छनौटमा झापा शिवसताक्षीका २ जना खेलाडीलाइ एन्फाले छनौट हरेको छ ।
शिवसताक्षी नगर बाट ५ खेलाडिले केन्द्रको लागि यात्रा तय गरेको उत्कृष्ट खेल प्रदर्शन गरेर २ जना मात्र छ्नौट हुन सफल भएका छन ।
यसरी छनौट हुनेमा गत चैत ३० गते धरानमा भएको प्रदेश स्तरीय छ्नौट बाट शिवसताक्षीका ५ खेलाडि छ्नौट भएका हुन ।

यसरी छनौट हुनेमा शिवसताक्षी ७ का आयुश भट्टराई र शिवसताक्षी १० का रुप्लीहाङ्ग लिङ्देन रहेको शिवसताक्षी नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङ्गलुङ्गले जानकारी दिनु भयो ।

उहाका अनुसार शिवसताक्षी नगरबाट ५ जना जिल्ला, प्रदेश हुदै केन्द्रिय छनौटमा गएका मध्ये बाट २ जनाछनौट हुन सफल भएका हुन । उनिहरुलाइ एन्फा एकाडेमीमा प्रशिक्षण सहित शिक्षाको समेत प्रबन्ध हुने बताइएको छ ।
अखिल नेपाल फुट्बल संघ (एन्फा) ले ग्रामीण र स्थानीय स्तर बाट खेलाडी पहिचान गरि राष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्ने उदेश्यका साथ छनौट प्रतियोगिता सन्चालन गरेको बताइएको छ ।

छ्नौट प्रतियोगिता गएको चैतमा सम्बन्धित पालिका स्तरिय ,जिल्ला स्तरिय र प्रदेश स्तरिय छ्नौट गरि केन्द्रको लगि चयन गरेको थियो ।
छनौट प्रतियोगितामा झापाको शिवसताक्षी नगरका ६२ जना युवा खेलाडी सहभागी मध्येबाट १२ जना जिल्लाको लागि छ्नौट भएका थिए भने जिल्ला बाट प्रदेशमा ६ जना छ्नौट भएकोमा केन्द्र को लागि ५ जना छनौट हुन सफल भएको शिवसताक्षी नग खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङ्गालुङ राईको भनाइ छ ।

उहाका अनुसर देशै भरका हजारौ प्रतिस्पर्धिहरु बाट हाम्रो नगरको २ जना युवा खेलाडि छ्नौट हुन सक्नु गौरबको बिषय रहेको बताउनुभयो । खेल् ललितपुर स्थित च्यासल खेल मैदानमा हुन/पर्ने मा अन्य खेल खेलाएको थियो ।

राष्ट्रिय खेलाडिहरु अनन्त तामाङ्ग ,सन्दिप राई जस्ता खेलाडि उत्पादन भैइसकेको यस नगरमा यस अघि त्रिभुवन आर्मि क्लबका सन्तोष नेपाली , एपीएफ क्लबका ईश्वर कार्की लगयत रहेका छन ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend