इलाम । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले एकल जातीय पहिचानको कुराले जातीय सद्भावलाई खण्डन गर्ने बताउनु भएको छ ।

रामबहादुर थापा बादल
इलाम क्षेत्र नम्बर २ अन्तर्गत इलामको देउमाई नगरपालिकामा गरेको चुनावी सभालाई सम्बोधन गर्दै वहाँले यो देश सबैको भएकाले एकल जातीय अधिकारको कुरा गर्नु सान्दर्भिक नभएको बताउनु भयो ।
पहिचानवादीहरू प्रति टिप्पणी गर्दै उपाध्यक्ष थापाले साझा अधिकार र साझा कुराले मात्रै समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बताउनुभयो । वहँले एमालेले साझा अधिकार र साझा कुरा गरेकाले एमाले माओवादी गठबन्धनका साझा उम्मेदवार सुुहांग नेम्बाङ्गलाई जिताउनु पर्ने बताउनु भयो । वहँले भने अहिले केही जातीय अधिकार र जातीय पहिचानको कुरा गर्नेहरू आएका छन् ।
उनीहरूका एकल कुराले देशको विकास हुँदैन देशको विकासका लागि सबैको अधिकार सुनिश्चित हुनु पर्छ । वहँले देश सबै धर्मालम्वीहरुको भएको बता उनु भएको छ । वहले सबै धर्म मान्नेहरूको खुन पसिनाले यो देश बनेकाले एमालेले धर्म निरपेक्ष राज्य स्वीकार गरेको बताउनुभयो ।
माओवादी कोशी प्रदेशका अध्यक्ष भन्छन् सुहाङ्ग नेम्बाङ्गको जितले वामपन्थी एकताको बाटो खुल्छ
इलाम । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्क नेम्बाङ् मिक्सोले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई बचाउन इलाम २ बाट सुहाङ्ग नेम्बाङ्गलाई जिताएर पठाउनु पर्ने बताउनुभएको छ ।
इलाम क्षेत्र नम्बर २ अन्तर्गत मङ्गलबारे बजारमा भएको चुनावी सभामा बोल्दै नेम्वाङ्गले बामपन्थीहरुको एकताले मात्रै समृद्ध नेपाल सुखी नेपाली बन्ने सक्ने बताउनुभयो । यो एउटा झिल्को हो यो झिल्कोलाई सबै तिर पुर्याउनु पर्छ ।
वहाले भन्नुभयो सुहाङ्ग नेम्वाङ्गलाई जिताउनु भनेका देशमा समृद्धिको झिल्को सबै तिर फैलनु हो ।’ उनले कम्युनिष्टहरुलाई एक ठाउँमा ल्याउनका लागि सुहाङ्ग नेम्बाङ्गलाई जिताउनु पर्ने बताउनुभयो । ‘अहिले देशमा विकास र समृद्धि चाहिएको छ । समृद्धिका लागि बामपन्थीहरुको एकता आवश्यक छ ।
’बामपन्थीहरुको एकता विना देशमा विकास हुन नसक्ने देखिएको उनले दाबी गर्नुभयो । वहाँले सुहाङ्ग नेम्बाङ्ग बामपन्थीहरुको साझा उम्मेदवार भएकाले सबैले उनलाई मत हाल्न आव्हान गर्नुभयो ।