logo
शुक्रबार, साउन २९ २०८३

झापा स्पोर्टस् अवार्ड २०७९ : खेल प्रतिभा सार्वजनिक


  • कुइनेटो न्युज
  • शुक्रबार, चैत्र २३ २०८०

बिर्तामोड, चैत २२ । ‘झापा स्पोर्टस् अवार्ड २०७९’ को मनोनयनमा परेका खेल प्रतिभा सार्वजनिक गरिएको छ ।
बिहीबार बिर्तामोडमा पत्रकार सम्मेलन गरेर नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले अवार्डको पाँचौँ संस्करणको मनोनयनमा परेका पाँच विधाका खेल प्रतिभा सार्वजनिक गरेको हो ।

‘झापा स्पोर्टस् अवार्ड’ पाँचौँ संस्करणका लागि विभिन्न पाँच विधाका प्रत्येक विधामा तीनतीनजना र तीन विधामा छनोट समितिले प्रतिभाको लोकप्रियताको आधारमा एकएकजना सिधै छनोट गरेको प्रतिभा छनोट समितिका संयोजक चिरञ्जीवी घिमिरेले जानकारी दिनुभयो


वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा रोशन मगर (आइटिएफ तेक्वान्दो), प्रारम्भ भण्डारी (पौडी) र अनन्त तामाङ (फुटबल), वर्ष उत्कृष्ट खेलाडी (महिला) मा त्रिशा जवेगू (बक्सिङ), अनुजा कुलुङ राई (कबड्डी) र सिक्का सुवाल श्रेष्ठ (टेबल टेनिस) रहेका छन् ।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (युवा) मा प्रारम्भ भण्डारी (पौडी), कृतिसरा अधिकारी (बुद्धिचाल) र योगिता काम्बाङ (आर्चरी), पिपल्स च्वाइस खेलाडीमा रुविना क्षेत्री (क्रिकेट), विनिता बुढाथोकी (भलिबल) र सुस्मिता राई (बक्सिङ) र वर्ष उत्कृष्ट प्रशिक्षकमा डम्बर लिम्बू (बक्सिङ), नविन तामाङ (आइटिएफ तेक्वान्दो) र भूपेन्द्र निरौला (बुद्धिचाल) रहेका छन् ।

वर्ष खेलाडी पुरुष र महिलालाई जनही नगद एक लाख र ट्रफी, वर्ष खेलाडी (युवा) लाई नगद २५ हजार र ट्रफी, पिपल्स च्वाइस खेलाडीलाई नगद २५ हजार र ट्रफी, वर्ष उत्कृष्ट प्रशिक्षकलाई नगद २५ हजार र ट्रफी प्रदान गरिने मञ्चका अध्यक्ष इन्द्रजीत मुखियाले जानकारी दिए ।
त्यस्तै, स्पेशल अचिभमेन्ट अवार्डका खेल प्रतिभालाई नगद २५ हजार र ट्रफी, उत्कृष्ट खेल पत्रकारलाई नगद ३५ हजार र ट्रफी र लाइफ टाइम्स अचिभमेन्ट अवार्डस्वरुप एकजनालाई नगद ५० हजार र ट्रफी प्रदान गरिनेछ ।

स्पेशल अचिभमेन्ट, उत्कृष्ट खेल पत्रकार र लाइफ टाइम्स अचिभमेन्ट अवार्डका प्रतिभाको नाम अवार्डको दिन घोषणा गरिनेछ ।
पिपल्स च्वाइस खेलाडीको विजेताको छिनोफानो भने एनएसजेएफ झापाको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङबाट गरिनेछ ।
‘झापा स्पोर्टस् अवार्ड’ को पाँचौँ संस्करण यही चैत २९ गते बिहीबार बिर्तामोडको बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा हुनेछ । अवार्डमा २०७९ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त झापा जिल्लाका खेलाडी र प्रशिक्षकलाई मञ्चले सहभागी गराएको कार्यक्रम संयोजक हिमाल खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend