logo
शुक्रबार, साउन २९ २०८३

इन्जिनियर निरौलाले गरे इलाम–२ मा स्वतन्त्र उम्मेदवारी घोषणा


  • कुइनेटो न्युज
  • शुक्रबार, चैत्र २३ २०८०

इलाम . प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ को उपनिर्वाचनमा युवा मनोज निरौला (प्रदिप) ले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।

निरौलाले बिर्तामोडमा पत्रकार भेटघाट गरी  उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् । इलाम क्षेत्र २ मा आउँदो वैशाख १५ मा उपनिर्वाचन हुँदै छ । नेकपा (एमाले) नेता सुवासचन्द्र नेम्वाङको गत भदौ २६ मा निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । निर्वाचनमा एमालेका तर्फबाट सुहाङ नेम्वाङलाई उम्मेदवार बन्नु भएको छ ।

रास्वपाबाट मिलन लिम्बू, पहिचानवादीका तर्फबाट साझा उम्मेदवार डाकेन्द्र सिंह थेगिम, राप्रपाबाट लक्ष्मी गुरुङ र एकीकृत समाजवादीबाट जितबहादुर राई उम्मेदवार बन्नु भएको छ ।

सचेत युवाको हिसावले पर्यटकीय अथाह सम्भावना भएको  इलामको विकास र प्रवर्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ  उम्मेद्वारी दिन लागेको   बताउनुभयो ।

 निरौलाले नेपाल गणतान्त्रिक ब्यवस्थामा प्रवेश गरेपनि त्यसको संस्थागत विकासका लागि राजनीतिक नेतृत्वबाट पहलकदमी नभएको बताउनुभयो  ।

सन २००३ मा युक्रेनबाट मेकानिककल इन्जिनियरीङमा मास्टर गरेका निरौलालले जनस्तरबाट विकासमा जनसहभागीता जुटाउँदै राज्यका निकायहरुलाई जिम्मेवार र जवाफदेही बनाउने योजनाका साथ उम्मेद्वारी दिन लागेको बताउनुभयो ।

नेम्बाङले लामो समय एउटै ठाउँबाट नेतृत्व गर्दा सबैले चाहेअनुरूपको विकास र प्रगति हुन नसकेको गुनासो निर्वाचन क्षेत्रका मतदाताको छ । तसर्थ इलामको विकास र सम्बृद्धिकालागि एक पटक आफुलाई रोज्न मतदातालाई उनले आग्रह गर्नुभएको छ   ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend