logo
शुक्रबार, साउन २९ २०८३

कमल ५ द्धारा खेलकुदका सामाग्री वितरण


  • कुइनेटो न्युज
  • शनिबार, चैत्र ३ २०८०

कमल ÷  झापाको कमल गाउँपालिका ५ नम्बर वडा कार्यालयले युवा तथा बालबालिकाहरुलाई लक्षित गरि खेलकुदका समाग्री प्रदान गरेको छ ।
वडा कार्यालयको वार्षीक युवा लक्षित कार्यक्रम अन्तर्गत आज विहिबार युवालाई खेलकुदका सामाग्री प्रदान गरिएको हो ।
वडा बाट प्रदान गरिएका समाग्रीमा फूटवल,भलिवल, व्याडमिन्टन, क्रिकेट ,स्किपीङ लगायतका खेलका सहयोगी सामाग्रीहरु प्रदान गरिएको वडा सचिव अमृत साहले जानकारी दिनुभयो ।

संक्षिप्त कार्यक्रम गरि वडामा आवद्ध भएका युवा तथा विभिन्न बाल क्लवहरुलाई फूटवल,भलिवल, व्याडमिन्टन, क्रिकेट ,स्किपीङ लगायतका खेलका सहयोगी सामाग्रीहरु प्रदान गरिएको वडा सचिव अमृत साहले बताए ।

यसैगरि वडाले धिमाल जातिको कला,संस्कृति संरक्षण र सम्बद्र्धनमा टेवा पुरयाँउन उद्देश्यले धिमाल जातिय संस्थालाई दुई थान ढोल, दुई थान सारंगी बाजा समेत वितरण गरिएको छ वितरण गरिएका समान वडाको बार्षिक सिलिङ वजेटबाट वितरण गरिएको र वितरण गरिएका सामाग्रीहरु करिव २ लाख ५० हजार मूल्य बराबरको रहेको वडा अध्यक्ष लालबहादुर विष्टले बताउनु भयो ।

खेलकुद तथा परम्परागत किसिमका ती सरसामाग्रीहरु वितरण गदैं वडाअध्यक्ष विष्टले युवा तथा बालबालिकाहरुको क्षमता अभिबृद्धिका लागि यस्ता सामाग्रीहरु उपयोगी हुने र यसलाई निरन्तरता दिदै लैजाने विश्वास बताउनुभयो ।

समाग्री वितरण कार्यक्रममा ,वडा सदस्यहरु चन्द्रकला सुब्बा, ओम प्रधान ,चुरुहाङ लावती, भूमिका महरा , वडा सचिव अमृत साह लगायतको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend