कमल ÷ ब्रह्मकुमारी राजयोग सेवा केन्द्र दमकको आयोजनामा “ खुशी तथा सहज जीवनका लागी सकारात्मक सोच” विषयक दुई दिवसीय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका ४ स्थित सिद्धार्थ सामुदायिक भवनको सभाहलमा सञ्चालित प्रशिक्षण कार्यक्रम दैनिक बिहान ५ देखी ७ र साँझ ६ देखी ९ बजे सम्म सञ्चालन हुने गरेको थियो ।
तालिमका सहभागीलाई ब्रह्मकुमारी राजयोग प्रदेश कार्यलय विराटनगरका प्रशिक्षक अर्जुन कुमार थपलियाले सहजी करण गर्नु भएको थियो ।
परिवर्तन आफै बाट सुरु गर्नु पर्छ , आफू परिवर्तन भएपछि घर परिवार समाज र राष्ट्र आफै परिवर्तन हुन्छ । स्व ःपरिवर्तन भएका विश्व परिवर्तन हुन्छ त्यसैले अरुलाई परिवर्तन गराउनु भन्दा पहिले आफू परिवर्तन हुन आवश्यक रहेको ब्रह्मकुमारी राजयोग सेवा केन्द्र दमककी सञ्चालिका ब्रह्मकुमारी राधा दिदीले बताउनु भयो ।
प्रशिक्षण समापनको अवसरमा बोल्दै कृष्ण प्रसाद ओझा, त्रिलोचन गौतम, सेलिना राई, तारानाथ भट्टराईले तालिम अतिनै उपयोगी भएको बताउनु भयो । कार्यक्रमको सञ्चालन ब्रह्माकुमार विवेक अधिकारीले गर्नुभएको थियो ।