logo
शुक्रबार, साउन २९ २०८३

निर्वाचनमा लाखौं खर्च गर्न पाउने कानूनी प्रावधान रोक्किनुपर्छ : पोखरेल


  • कुइनेटो न्युज
  • बुधबार, फाल्गुन २३ २०८०

 कमल / अधिवक्ता सुरेशकुमार पोखरेलले निर्वाचनमा उम्मेद्वार बनेका व्यक्तिलाई  कानूनले नै खर्च गर्न दिने व्यवस्था विरुद्ध सर्वोच्च अदालत जाने बताउनुभयो ।

बुधबार झापाको दमकस्थित पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले उम्मेद्वारले कानूनमै तोकिए अनुसार लाखौं रकम खर्च गर्न पाउने प्रावधान विरुद्ध आफू सर्वोच्च जान लागेको बताउनुभयो ।

पोखरेलले भने -‘कानूनले नै निर्वाचन संस्कृतिलाई भ्रष्ट बनाएको छ । ती कानून खारेज र निस्कृय नपारेसम्म स्वच्छ निर्वाचन हुन सक्दैन, मुलुकमा भ्रष्टाचार अन्त्य हुँदैन ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट राष्टृय स्वतन्त्र पार्टीका उम्मेद्वार समेत रहेका उनले नेपाल सरकार, निर्वाचन आयोग, सङ्घीय संसदलाई प्रतिवादी बनाएर रिट दायर गर्ने दावी गरे ।

इलाम क्षेत्र नम्बर २ र बझाङ निर्वाचन क्षेत्र १ को प्रदेशसभा १ मा बैशाख १५ गते हुने उपनिर्वाचनलाई लक्षित गरेर आफूले अन्तरिम आदेशको मागसहित रिट दायर गर्ने पोखरेलको भनाई छ ।

‘जनताको घरदैलोमा आफ्नो दलीय घोषणापत्र लिएर वा स्वतन्त्र उम्मेद्वारका रूपमा मत माग्न जाने कुरालाई अन्यथा मान्नु हुँदैन ।

तर, ऐनमै   उम्मेद्वारले लाखौं खर्च गर्न पाउने प्रावधानले स्वत: मत प्रभावित हुने देखिन्छ । यो नागरिकको स्वतन्त्र मतदानको खिलाफ छ’, पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो ।

निर्वाचनसँग सम्बन्धित विभिन्न ऐन, राजनीतिक दल सम्बन्धि ऐन र अन्य ऐनहरुमा भएका मत प्रभावित हुन सक्ने ऐन, नियमहरु खारेजीका लागि थप अध्ययन गरेर एक हप्ताभित्र रिट दायर गर्न लागेको पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend