कमल ÷ जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका वडा ३ बाट दुईजना व्याक्तिलाई प्रतिबन्धित लागुऔषध सहित नियन्त्रणमा लिएको छ ।
कमल ३ स्थित कृष्टिना होटलमा बसिरहेका उक्त होटल साहु वर्ष ३५ का सरोज थापा र शिवसताक्षी नगरपालिका वडा नम्वर .६ बस्ने वर्ष ३० का बिष्णु खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका व्याक्तिलाई शंका लागी चेकजाच गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३८ ग्राम फेला परेकोले दुवै जनालाई नियन्त्रणमा लिएर अदालतबाट म्याद थपगरी ईलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।