logo
मंगलबार, कार्तिक ११ २०८३

प्याब्सन प्रदेश स्तरीय छात्रा तर्फको भलिबलको उपाधि सिद्धार्थ मावि (दमक) ले उचालेको छ


  • उमानाथ भण्डारी
  • मंगलबार, फाल्गुन ८ २०८०

कमल । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को प्रदेश स्तरीय भलिबल प्रतियोगिता २०८० को छात्रा तर्फको उपाधि सिद्धार्थ माध्यमिक विद्यालय दमक झापाले उचालेको छ ।

हरेक वर्ष जस्तै यस वर्ष पनि प्याब्सनले पालिका हुँदै जिल्ला स्तर बाट उत्कृष्ट भएका प्रतिस्पर्धी विद्यालयका खेलाडी बिच सोमवार कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सम्पन्न प्रतियोगिता ब्राइट फ्युचर माध्यमिक विद्यालय सुन्दर हरैंचा मोरङ्ग लाई फाइनलमा पछि पार्दै सिद्धार्थले उपाधि जितेको हो ।

        ब्राइट फ्युचर

सिद्धार्थले नगद ३१ हजार रुपैयाँ सहित शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने दोश्रो स्थान हासिल गर्ने ब्राइट फ्युचरले नगद २१ हजार रुपैयाँ सहित ट्रफि,मेडल र प्रमाण प्राप्त गरेको छ ।

त्यस्तै प्रतियोगितामा तेश्रो स्थान हासिल गर्ने एभरेष्ट माध्यमिक विद्यालय दमक झापाले नगद ११ हजार रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाण मा प्राप्त गरेको प्याब्सन प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा अतिरिक्त कृयाकलाप संयोजक अर्जुन बस्नेतले जानकारी दिनुभयो ।

     एभरेष्ट  दमक

फागुन ६ गते बाट सुरु भएको प्रतियोगितामा कक्षा ९ देखी १२ सम्मका छात्रा तर्फ ६ वटा टिम सहभागी रहेको प्याब्सनले जनाएको छ ।
खेलाडीले अनुशासित र मर्यादित रुपमा खेल्दै आफ्नो प्रतिभा प्रदर्शन गर्नुहोस् र आगामी दिनमा राष्ट्र स्तरको खेलाडी बन्न सक्नुहोस् भन्ने प्याब्सन प्रदेशका अध्यक्ष टिकाराम ढकालले खेलाडीलाई शुभकामना दिनुभयो ।

प्रतियोगितामा सहभागी विद्यालयका खेलाडीलाई कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मि प्रसाद भट्टराईले खेलकुदले विद्यार्थीलाई मानसिक र शारीरिक रुपमा स्वास्थ्य बनाउनुका साथै विद्यार्थी भित्र रहेको प्रतिभा प्रस्फुटन गर्न अवसरसमेत प्रदान गर्ने बताउनु भयो ।
प्रतियोगिता उद्घाटनका समयमा प्याब्सन केन्द्रिय सचिव हेमराज अधिकारी, बरिष्ठ उपाध्यक्ष सुमित थापा, सचिव पोषराज प्याकुरेल , प्याब्सन झापाका अध्यक्ष गौरीमान फागो, जिल्ला सदस्य त्रिलोचन गौतम, कमल अध्यक्ष बदीराम राई लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend