logo
शुक्रबार, साउन २९ २०८३

झापा गोल्ड कप द्वारा खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा


  • कुइनेटो न्युज
  • मंगलबार, फाल्गुन १ २०८०

बिर्तामोड । झापा गोल्ड द्वाराखेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुको बीमा गरेको छ ।
आसन्न छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितालाई मध्यनजर गर्दै दुर्घटना बीमा गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिनुभयो ।

गोल्ड कप र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौँबीच दुर्घटना बीमासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
खेलाडी, रेफ्री, अफिसियल, प्राविधिक र स्वयमसेवकलाई हुन सक्ने सम्भावित दुर्घटनालाई लक्षित गरी झापा गोल्ड कपले दुर्घटना बीमा गरेको हो ।

सम्झौतापत्रमा नेपाल इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेल र गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

अधिकृत पोखरेलका अनुसार खेल अवधिभर रंगशालाभित्र खेलाडी, रेफ्री, प्राविधिक, प्रशिक्षक, व्यवस्थापक तथा अफिसियलहरुमध्ये कसैको दुर्घटना भएमा उपचार खर्च एक लाख रुपैयाँ र मृत्यु भएमा मृतकलाई कम्पनीले सात लाख रुपैयाँ उपलब्ध गराउनेछ ।

सम्झौतापत्रमा कम्पनीका विभागीय प्रमुख अनल राउत र गोल्ड कपका महासचिव गजेन्द्रबहादुर पौडेल साक्षीका रुपमा रहेका छन् ।
यसैबीच, बीमा गर्दा लागेको सम्पूर्ण खर्चको प्रायोजन कम्पनीले व्यहोरेको छ । कम्पनीले तीन सयजनाको बीमा खर्च आफैँ व्यहोर्ने गरी सम्झौता भएको हो ।

त्यस्तै, प्रतियोगिताको इन्स्योरेन्स पार्टनरको रुपमा नेपाल इन्स्योरेन्स कम्पनी रहनेछ । कम्पनीले यसअघि पाँचौँ संस्करणको प्रतियोगितामा पनि खेलाडी तथा अफिसियलको बीमा गरिदिएको थियो

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend