logo
शुक्रबार, साउन २९ २०८३

अमरसिंह माबि मा पुर्व विद्यार्थी समाज गठन


  • कुइनेटो न्युज
  • सोमबार, माघ २९ २०८०

बिर्तामोड । बिर्तामोड २ स्थित वीर अमरसिंह माध्यमिक बिद्यालय पुर्व विद्यार्थी समाज गठन गरिएको छ ।

बिद्यालय शनिबार एक कार्यक्रमको आयोजना गरि वीर अमरसिंह पुर्व विद्यार्थी समाज गठन गरिएको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष एवं वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिनुभयो ।

६७ औं बार्षिक उत्सव मनाईसकेको बिद्यालयले भौतिक संरचना एंव ब्यबस्थापनको पक्षमा उल्लेख उपलब्धि हासिल गरेको छ ।

सो बिद्यालयमा अध्ययन गरेर बाहिरिएका विद्यार्थी लाई एकता बद्द गर्न समाज गठन गरिएको बताईएको छ ।

भेलाले पुर्व विद्यार्थी एंव व्यावसायि केदार गिरिको अध्यक्षतामा ११ सदस्यीय समिति समेत गठन गरेको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष गिरिले बिद्यालयको भित्री प्राङ्गणमा पेवर्स लगाउने ब्यक्तिगत ५ लाख १ हजार उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दै सो काम सम्पन्न गर्न आफै लागि पर्ने बताए ।

बिद्यालय ब्यबस्थापन समिति सदस्य धर्म लक्सबाले स्वागतगरेको कार्यक्रममा किरण पौडेल ,लिला सिलवाल ,सीता मिश्र ,गंगा सिलवाल लगायतले बिद्यालय सर्वाङ्गिण बिकासका लागि अभियान संचालन गर्ने र सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

बिद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले गरेको कार्यक्रममा २ सय पुर्व विद्यार्थीको उपस्तिथि रहेको थियो ।

पेवर्स बिक्षाउन ५ लाख १ हजार रुपैयाँ दिने घोषणा गरे ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend