कमल । कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख न्यौपानेलाई मातृ शोक परेको छ ।
शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेकी आमा टुका देबी को हिजो (शनिवार) बेलुकी पौने ९ बजे मृत्यु भएको हो ।
७० वर्षीय न्यौपाने रक्तचाप ( ब्लड प्रेसर ) कारण विगत एक महिना देखी थलिनु भएको थियो ।
शनिवार वहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार गर्ने क्रममा विराटनगर स्थित नोवेल अस्पतालमा न्यौपानेको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ ।