कमल । निजी तथा आवासीय विध्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन) को झापा जिल्ला स्तरिय खेलकुदका कार्यक्रम सम्पन्न भएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि व्याब्सनले पालिका स्तरबाट उत्कृष्ट भएर जिल्ला स्तरमा पतिस्पर्धा गर्न आएका खेलाडी बिच खेलकुदका प्रतियोता आयोजना गरेको थियो ।
माघ २५ गते बाट कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सुरु भएको प्रतियोगिता आज ( शनिवार) सम्पन्न भएको हो ।

खेलकुदका विभिन्न विधामा भएका प्रतियोगिता अन्तर्गत कक्षा ११ देखी १२ सम्मका छात्र तर्फ भएको भलिवल खेलमा प्रथम निधी माध्यमिक विध्यालय (विर्तामोड) द्वतिय सिद्धार्थ ईङ्गलिस वोडिङ्ग स्कुल (भद्रपुर) तृतिय झापा मेरी गोल्ड (कन्काई) र ग्लोवल एकेडेमी (दमक) बिजयी भएका छन् ।
त्यस्तै १५ वर्ष मुनिका छात्र तर्फको फुटवल खेलमा प्रथम चुलाचुली ईङ्गलिस वोडिङ्ग स्कुल (दमक) द्वतिय झापा मेरी गोल्ड (कन्काई) र तृतिय मुनाल एकेडेमी (भद्रपुर) र मेची ईङ्गलिस वोडिङ्ग स्कुल (शिवसताक्षी) विजयी भएको खेलकुद उपसमितिका सचिव बदीराम राईले जानकारी दिनुभयो ।
त्यसैगरी कक्षा ९ देखी १२ सम्मको छात्रा तर्फको भलिवल खेलमा प्रथम सिद्धार्थ ईङ्गलिस वोडिङ्ग स्कुल (दमक) दोश्रो रुपरत्न ईङ्गलिस वोडिङ्ग स्कुल (अर्जुनधारा) तृतिय पशुति ईङ्गलिस वोडिङ्ग स्कुल ( कन्काई) र कर्णाली एजुकेशन फाउण्डेसन (वुद्धशान्ती) विजयी भएका हुन् ।
प्रतियोगितामा कक्षा १० सम्म छात्रा तर्फको भलिवल खेलमा प्रथम बेनुबाजा ईङ्गलिस वोडिङ्ग स्कुल (कनकाई) दोश्रो एभरेष्ट ईङ्गलिस वोडिङ्ग स्कुल (दमक) र तृतिय जयपाथिभरा ईङ्गलिस वोडिङ्ग स्कुल (झापा) र एसएस निकेतन (भद्रपुर) विजयी भएको भलिवल खेल समितिका संयोजक नारायण सुबेदी (नवराज)ले जानकारी दिनुभयो । 
प्रतियोगितामा कक्षा १० सम्मको छात्र तर्फको भलिवल खेलमा प्रथम दिब्यरत्तन ईङ्गलिस वोडिङ्ग स्कुल (कनकाई) दोश्रो एसएस निकेतन (भद्रपुर) तृतिय रुपरत्तन ईङ्गलिस वोडिङ्ग स्कुल (अर्जुनधारा) र देवकोटा ईङ्गलिस वोडिङ्ग स्कुल (गौरीगंज) बिजयी भएको खेल संयोजक टि आर गौतमले जानकारी दिनुभयो ।
प्रतियोगिताको उद्घाटन प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम प्याब्सन झापा सचिव हरिकृष्ण पाठकले सञ्चालन गर्नुभएको थियो ।