कमल ÷ वैदेशिक रोजगारीबाट फर्किएका व्याक्तिहरुको पुन ः एकीकरण कार्यक्रम (रेमी) को बस्ती स्तरीसय सञ्जाल गठन धमाधम भैरहेको छ ।
कमल गाउँपालिका को आयोजना र हेल्भिटास नेपाल र रेमी परियोजनाको आर्थिक सहयोगमा सन्चालित कार्यक्र अन्तर्गत सुरुमा बस्ती स्तरीसय सञ्जाल गठन गरिएको हो ।
कमल गाउँपालिकाको वडा नम्वर २ र ३ मा रहेका सबै टोलविकास सस्थामा पुगेर सञ्जाल गठन गर्ने कार्यक्रम अन्तर्गत अहिले सम्म १० बटा सञ्जाल गठन गरिएको र बस्ति स्तरिय सञ्जल गठन पछि वडा स्तरिय सञ्जाल गठन गरिने रोजगार सेवा केन्द्रका सामाजिक परिचालक विध्यापती चौलागाईले बताउनु भयो ।
कार्यक्रमले वैदेशिक रोजगारीबाट फर्किएका व्याक्तिहरुलाई आर्थिक र सामाजिक रुपमा सवल बनाउन विभिन्न किसिमका तालिम प्रदान गरिने र वेदेशमा सिकेको सिपलाई स्वदेशमै सन्चालनका लागी सहयोग गर्ने रोजगार परामर्श कर्ता दुर्गा पाण्डेले जानकारी दिनुभयो ।
आर्थिक तथा पारिवारीक रुपले मानसिक समस्यामा रहेका व्याक्तिलाई समेत समाजमा पुन ः स्थापना गराउन विभिन्न कार्यक्रम मार्फत सहयोग गर्ने परिवार परामर्शकर्ता गंगा पराजुलीले जानकारी गराउनु भयो ।
कार्यक्रमको सहजिकारण सामाजिक परिचालक रेखा सुबेदीले गर्नु भएको थियो ।