कमल ÷ प्रहरी चौकी केर्खामा कार्यरत प्रहरी नायब निरीक्षक रामकाजी कटुवालको बढुवा सँगै सरुवा हुनुभएको छ ।
२०५० साल बाट प्रहरी जवानमा प्रवेश गरी विराटनगर बाट सेवा सुरु गर्नु भएका कटुवाल २०८० साल माघ १६ गते बाट प्रहरी निरीक्षकमा बढुवा भए सँगै सरुवा हुनुभएको हो । 
बुधवार प्रहरी चौकी केर्खामा “फेरी भेटौला” कार्यक्रमको अयोजना गरी कटुवाललाई कमल नगर जेसिज, फाल्गुनन्द टोल विकास संस्था लगायत विभिन्न सङ्घसंस्था का प्रमुख तथा प्रतिनिधीले सम्मान पत्र, मायाको चिनो सहित खादा ओढाएर कटुवाललाई शुभकामना प्रदान गर्नु भएको थियो ।

२०५० साल बाट प्रहरी जवानमा प्रवेश गरी विराटनगर बाट सेवा सुरु गर्नु भएका कटुवाल २०५७ सालमा प्रहरी हवल्दार, २०६३ सालमा प्रहरी सहायक निरीक्षक २०७१ सालमा प्रहरी नायब निरीक्षक भई विभिन्न प्रहरी कार्यालयमा रही जनताको शान्ति सुरक्षा अमनचयन कायम राख्न खटिनु भएको थियो ।
